२०८१, २० बैशाख बिहीबार

नेपाल साँस्कृतिक संघको दोस्रो महाधिबेशन माघ ७, ८ र ९ गते हेटौडामा हुने

okharpouwaकाठमाडौं, २९ पुस। नेपाली काँग्रेसको भातृ संगठन नेपाल साँस्कृतिक संघको आसन्न दोस्रो महाधिबेशन माघ ७, ८ र ९ गते मकवानपुरको हेटौडामा हुने भएको छ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा संघले पत्रकार सम्मेलन गरेर संघको दोस्रो महाधिबेशन तोकिएकै मितिमा सम्पन्न गर्ने जनाएको हो। संघका सभापति तीर्थबहादुर थापाले विज्ञप्ती वाचन गर्दै महाधिबेशनको तयारी तिव्र रुपमा अघि बढेको बताए।
उनले भने,‘यो संस्था स्थापना भएको दशवर्ष भएको छ, दोस्रो महाधिबेशन ऐतिहासिक हुनेछ, पहिलो महाधिबेशन ०६६ सालमा भएको थियो। त्यतिबेला ५९ जिल्लाको सहभागिता थियो, तर अहिलेको महाधिबेशनमा ७५ जिल्लाकै प्रतिनिधिको सहभागिता हुने भएकाले यो ऐतिहासिक हुनेछ।’

उक्त महाधिवेशनको उद्धघाट्न भने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने महाधिबेशन संयोजक थापाले जानकारी दिए। उनले नेपाली लोकसंस्कृति र परम्पराको जगेर्ना गर्ने अवधारणाका साथ स्थापना भएको साँस्कृतिक संघको महाधिबेशनमा पार्टीको तर्फबाट कुनै पनि दवापब नरहने बताए।

त्यस्तै रिपार्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले सांस्कृतिक संस्थाजस्तो पवित्र संस्थामा गुटको आवश्यकता नपर्ने भन्दै स्वच्छ काम गर्न सक्ने नेतृत्व चयन हुनेमा आफु विश्वस्त रहेको बताए।

धमलाले भने,‘लोकसंस्कृतिको बिकास र विस्तार गर्न साँस्कृतिककर्मीको अमुल्य साथ छ, यो तपाईको साथले हाल देशले प्राप्त गरेको उपलब्धिमा कलाकारहरूको महत्वपूर्ण भूमिका थियो, भोलि पनि रहने छ।’
संघको महाधिबेशनमा करिब एक हजार प्रतिनिधिको सहभागिता हुने आयोजकले जनाएको छ ।