२०८१, ८ जेष्ठ मंगलवार

लगानी’ अभियानमा दुई दिनमै आयो १ अर्वको लगानी प्रतिबद्दता

nepal-ko-pani-investment

काठमाडौं, २७ पुस । ऊर्जा मन्त्रालयले अनलाईनमार्फत शेयर लगानी प्रतिवद्धता आव्हान गरेको २ दिन भित्रै एक अर्व ५ करोड ४३ लाख घठछ हजार रुपैयाँ जलबिद्युतमा लगानी गर्ने प्रतिबद्दता आएको हो ।

बिदेशमा रहेका नेपालीले संस्थागत र ब्यक्तिगत गरी १५ हजार २ सय ८३ जनाले बुधबार अपरान्ह ४ बजेसम्म जलबिद्युतमा लगानी गर्न प्रतिबद्ध्ता गरेका हुन् ।

ऊर्जामन्त्री जनार्दन शर्माले अघि सारेका ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम अन्तरगत जलविद्युत आयोजनामा शेयर हाल्न अब कसैले पनि लाईन बस्नु पर्ने झनझट रहेको छैन ।

बिदेशमा रहेका नेपालीहरुले माथिल्लो अरुण, दुधकोशी, तमोर र सुनकोशी ३ सहितका आयोजनाहरुमा शेयर लगानी गर्न बताईएको छ । मन्त्री शर्माका अनुसार यसमा गैरआवासीय नेपाली, आम नागरिक, सरकारी संस्थानका कर्मचारी र वैदेशिक रोजगारीमा रहेकाले पनि शेयर लगानी गर्न सक्नेछ ।

सम्बन्धित समाचार