२०८१, १८ बैशाख मंगलवार

पुनर्निर्माण प्राधिकरणकाम सीईओ ज्ञवाली बर्खास्त, डा.पोख्रेल नयाँ सीईओ –

susil-gyawali_gobinda-pokhrelकाठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवाली बर्खास्त भएका छन् ।

ज्ञवालीलाई बर्खास्त गर्दै सरकारले योजना आयोगका पूर्व उपाध्यक्ष डा.गोबिन्द पोखरेललाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले ज्ञवालीले बुझाएको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै बर्खास्त गरेर पोख्रेललाई नियक्त गर्ने निर्णय गरेको हो । सरकारले यसअघि नै ज्ञवालीलाई स्पष्टिकरण सोधेको थियो ।

सरकारले गत साता नै ज्ञवालीलाई बर्खास्त गर्ने निर्णय गरेपनि अन्तिम समयमा उनी पुन अदालतबाट पुर्नबहाली भएर आउने सम्भावना रहने भन्दै दोस्रो पटक स्पष्टिकरण सोधेको थियो ।

ज्ञवालीलाई शुक्रबार सोधिएको २४ घन्टे स्पष्टिकरणको जवाफ पठाएका थिए । उनले स्पष्टिकरणमा आफू ५ वर्षका लागि सीइओ नियुक्त भएको दावी गरेका थिए ।

डा.पोखरेललाई हटाएर एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको समयमा ज्ञवालीलाई नियुक्त गरिएको थियो । ज्ञवाली एमाले र पोख्रेल काँग्रेस निकट हुन् । पोख्रेल काँग्रेसको केन्द्रीय सदस्यमा पराजित भएका उम्मेदवार समेत हुन् ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका पोखरेललाई तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले प्राधिकरणको सीईओ नियुक्त गरेका थिए ।

२०७२ वैशाख १२ को भूकम्पपछि तत्कालीन सरकारले योजना आयोगका उपाध्यक्ष पोखरेललाई प्राधिकरण सीईओको जिम्मेवारी दिएपनि अध्यादेशमार्फत प्राधिकरण गठन भएकोले दलहरुबीच सहमति नहुँदा संसद सुरु भएको ६० दिनभित्र अध्यादेश स्वीकृत नभएपछि पोखरेल स्वतः पदमुक्त भएका थिए ।

– Source://moolbato.com