२०८१, ७ पुष आईतवार

दलहरुसँग छलफल गर्दै राष्ट्रपति

timthumbराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन लगायतका विषयमा ब्यवस्थापिका संसदका ५ ठूला दलसँग छलफल गर्दै छन्। सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिनै लाग्दा राष्ट्रपतिले प्रमुख दलसँग संयुक्त छलफल गर्न लागेकी हुन्।

राष्ट्रपति भवन शीतल निवासमा बिहान ९ वजे बोलाइएको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा नेपाल र फोरम लोकतान्त्रिकका शीर्ष नेताहरुलाई निम्त्याइएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले बताए।

संविधानको धारा २ सय ९८ बमोजिम सहमतीय सरकार गठनका लागि राष्ट्रपति भण्डारीले गत साउन १० गते दलहरुलाई आह्वान गरेकी थिइन्।