कीर्तिमानी विश्व रेकर्ड राख्दै पोग्बालाई युनाइटेडले भित्र्र्यायो
काठमाडौं, १५ साउन । विश्वका ठुला दुई धनि क्लब म्यानेचेष्टर युनाईटेडले रियल म्याड्रिडलाई पछि पार्दै युभेन्टस्का मिडफिल्डर पाउल पोग्बालाई भित्र्र्याएको छ ।
फ्रान्स राष्ट्रिय टोलीका खेलाडी समेत रहेका पोग्बाले युरो २०१६ मा समेत शानदार प्रदर्शन गरेका थिए । पोग्बा भित्र्र्याउने होडबाजीमा रहेका रियल र युनाईटेडमध्य विश्व किर्तिमानी रकम १०० मिलियन पाउण्ड ९४१ अर्ब ९ करोड०मा युनाईटेडले बाजी मारेको हो । युनाईटेडबाट नै २०१२ मा युभेन्टस् पुगेका पोग्बालाई उतिबेला ४० मिलियन पाउण्डमा बेचेको थियो । आफुले ४ वर्षअघि बेचेको भन्दा ६० मिलियन पाउण्ड बढी तिरेपछि पोग्बा फेरी युनाईटेड फर्किएका हुन् । युनाईटेडले पोग्बासँग ५ वर्षको सम्झौता गरेको छ ।
सम्झौताअनुसार युभेन्टस्ले पोग्बालाई २० प्रतिशत बोनस रकम उपलब्ध गराउनेछ । युनाईटेडबाट पोग्बाले २ लाख ९० हजार पाउण्ड तलब प्रतिहप्ता बुझ्नेछन् । पोग्बाले युनाईटेडमा ६ नं। को जर्सी पाउनेछन् भने पोगबा अमेरिकामा रहेका कारण उनको मेडिकल जाँच लस एन्जलसमा गराइएको बताइएको छ । तर युनाईटेडले यो सम्झौतालाई सार्वजनिक गरिसकेको भने छैन ।
यो सम्झौतासँगै पोग्बा विश्वका सबैभन्दा महंगा खेलाडी भएका छन् । यसअघि २०१३ मा गेराथ बेललाई टोटनह्यामबाट रियल म्याड्रिडले ८६ मिलियन पाउण्ड तिरेको थियो भने २००९ मा म्यानेचेष्टर युनाईटेडले नै क्रिष्टिएना रोनाल्डोलाई ८० मिलियन पाउण्डमा रियललाई बेचेको थियो ।
पोग्बाको विकल्प हिगुइन
पोग्बालाई किर्तिमानि रकममा बेच्नुअघि नै युभेन्टस्ले अर्जेन्टिनाका फरवार्ड गोन्जालो हिगुइनलाई आबद्ध गरेको थियो । हिगुइन अर्को इटालियन क्लब नेपोलीबाट ७६ मिलियन पाउण्ड ९१ अर्ब ७ करोड० मा युभेन्टस् आबद्ध भएका हुन् ।
२८ वर्षे हिगुइनले पनि युभेन्टस्मा ५ वर्षे सम्झौता गरेका छन् । हिगुइनले ६।३ मिलियन वार्षिक तलब पाउनेछन् ।