२०८१, २० बैशाख बिहीबार

आज प्रिमियर लिगमा चार खेल हुँदै

काठमाण्डौ ।   इंग्लिस प्रिमियर लिग फुटबलमा आज चार वटा खेल हुँदैछन् । आज बेलुका पौने ७ बजे ब्राइटन र लिभरपुल, वेस्ट ह्याम र न्यूक्यासल, उल्भ्स र एस्टनभिल्ला खेल्दैछन् भने राति सवा ९ बजे आर्सनल र म्यानचेस्टर सिटीबीच खेल हुनेछ ।

प्रिमियर लिगमा गएराति भएको खेलमा क्रिस्टल प्यालेस र नटिङघम फरेस्टले गोलरहित बराबरी खेलेका छन् । त्यस्तै हिजो भएको खेलमा म्यानचेस्टर युनाइटेडले बे्रन्टफोर्डलाई, चेल्सीले बर्नलीलाई, फुलहमले सेफिल्ड युनाइटेडलाई, टोटनहमले लुटनटाउनलाई र एभर्टनले बर्नमाउथलाई हराएको छ ।