२०८१, १९ बैशाख बुधबार

विश्वकपमा पुग्न युएईको सामना गर्दै नेपाल

काठमाडौँ । टी-२० विश्वकप छनौट अन्तर्गत एसिया क्षेत्रको सेमिफाइनलका खेल हुँदैछन् । सेमिफाइनलमा ओमान र बहराइन तथा युएई र नेपालले प्रतिस्पर्धा गर्दैछन् ।

ओमान र बहराइनबीचको खेल टियु क्रिकेट मैदानमा बिहान ११ बजेदेखि सुरु हुँदैछ भने युएई र नेपालबीचको खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजेदेखि नै सुरु हुँदैछ । आजको खेल जितेर फाइनलमा पुग्ने देशले आगामी जुनमा अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपमा स्थान बनाउने छन् ।

ओमानले समूह ए मा समूह विजेता हुँदै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । ओमान समूह ए का तिनै खेलमा ओमानले जित हासिल गरेर ६ अंकसहित सेमिफाइनलमा पुगेको हो । त्यस्तै बहराइनले भने समूह चरणमा केवल एक खेल जितेर पनि सेमिफाइनलको यात्रा तय गरेको छ । ३ खेलमा २ अंक हासिल गरेको बहराइनले सामना अंक भएका हङकङ र कुवेतलाई नेट रनरेटमा झिनो अन्तरले पछि पार्दै समूह उपविजेता बनेको थियो ।

त्यसैगरी युएईले समूह बी का तिनै खेलमा जित हासिल गरेर ६ अंकसहित समूह विजेता हुँदै सेमिफाइनलमा स्थान बनाएको हो भने नेपाल समूह ए मा २ खेल जितेर ४ अंकसहित उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो । नेपाल युएईलाई हराउँदै २०१४ पछि पहिलो पटक टि२० विश्वकप खेल्ने सोचका साथ मैदान उत्रने छ । नेपालको रोहित पौडेल र युएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन् ।

नेपालको सम्भावित प्लेइङ ११ स् रोहित पौडेल ९कप्तान०, आसिफ शेख ९विकेटकिपर०, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरारदिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अविनाश बोहोरा ।