बहुमत जोगाउन दाहालको दौडधुप
१६ साउन, काठमाडौं ।
आगामी बहुमतीय सरकारको नेतृत्व लिन लागेका नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सुरक्षित बहुमलका लागि दौडधुप थालेका छन् । राष्ट्रपति विद्या देवी भण्डारीले सहमतिय सरकार गठनका लागि दिएको एक साताको समय सकिन लागेपछि बहुमतीय सरकार गठनमा दाहाल सक्रिय बनेका हुन ।
उनले औपचारिताका लागि शनिबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि सत्ता साझेदार कांग्रेस सभापति शेरबहादुर देउवा र मधेसी मोर्चाका नेतासँग भेटवार्ता गरेका हुन । सहमतीय सरकारकै लागि ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको दाबी गर्दै आएका दाहालले राष्ट्रपतिले दिएको समय गुज्रन लाग्दासम्म कुनै छलफल गरृका थिएनन् ।
आज (आइतबार) सो समय सकिई बहुमतीय प्रक्रिया अघि बढ्ने भएपछि दैडधुप बढाएका हुन् । राष्ट्रपति भण्डारीले सहमतीय सरकारका लागि दिएको समय आज ९आइतबार० सकिँदै छ । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।