२०८१, १६ चैत्र आईतवार

हुम्लाका बालबालिकाहरुको अवस्था दयानीय बन्दै

humla-photo-1हुम्ला । हुम्ला जिल्ला सदरमुकाम सिमीकोटबाट तीन घण्टाको दुरीमा पुगिने डाँडाफयामा विद्यार्थीहरु हरेक बिहान ४ बजे उठेर आफु बराबरको दाउराको भारी बोकी सदरमुखकाम सिमकोट बजारमा आएर दाउरा बेचेर १० बजे विद्यालय पुग्छन ।

कक्षा ५ मा अध्ययनरत १४ वर्षका बालक धन्जोक सिंहले बेलुकै दाउराको भारी तयार पारेर आफु बिहान सदरमुुखकाम तयारी भएका थिए । बहिनीलाई ठुलो स्वरले अहाए भोली बिहान अलि चाँडो भात लिएरु स्कुल आऊ है नानी भनेर आफु जत्रै दाउराको भारीमा नाम्लो लगाएर टर्चलाइट बालेर घरबाट निस्किए धन्जोक मात्रै होइन ।

बिहान बेलुकाको छाक टार्न डाँडाफया गाविसका अधिकंश बालबालिकाहरु बिहान झिसमिसेमै पिठयूमा आफु भन्दा बढि बबजनको दाउराको भारी बोकेर सदरमुखकाम सिमीकाृेटमा ल्याएर बेच्छन । यो उनीहरुका लागि रहर नभई बाध्यता बन्दै आएको छ। ऋधिकंश बालबालिकाहरु अघिल्लो बेलुक दाउराको भारी तयार गरि बिहान ४ बजे भारी बोेकेर टर्च बालेर बाटो लाग्छन । धन्जोक मात्रै होइन । उनी एक मात्र पात्र हुन ।

उनीजस्तै थुप्रै स्क्ुले बालबालिकाहरुको पिडा नै हो । उनीहरुलाई घर खर्च चलाउन समस्या भएकै कारण उनीहरुका लागि रहर भन्दा बाध्यता भएको छ । बिहानको त्यो अध्यारो अनि चिसो मौसमसँग उनीहरुको साहारा भनेकै झोपा गोरु, याकहरुलाई दाउराको भारी बोक्न प्रयोग गर्छन । भलोपालाई अघि लगाएर दाउरा बेच्न निस्किने अधिकंश बालबालिको बिहानको खाना स्कुलमै आइपुग्छ । आफु भन्दा साना उमेरका भाईबहिनीले ल्याएको खाना स्कुलमै खाए पछि बल्ल उनीहरुको कक्षाकोठामा प्रदेश गर्ने गर्छन ।

बिहान दाउरा बेचेर बेलुकाका लागि खाद्यान्न नुन तेल किनेर छाक टार्न बाध्य हुन्छन । विद्यालयमा अध्ययनका लागि कापीकलम किन्न दाउरा बेच्ने गरेका छन । डाँडाफयाका २० देखि ४० जना भन्दा बढि स्कुले बालबालिकाहरुको दैनिकी बन्दै आएको छ । डाँडाफयाको अधिकंश बालबालिकाहरुले बिहानको खाना कहिले पनि घरमा खान पाएका छैन । साना भाई बहिनीहरुले विद्यालयमा खाना ल्याउँछिन । यस्तै डाडाँफया गाविसका १५ वर्षका बमबहादुर शाहीले भने दाउराको भारी बेलुका बनाउछौ । बिहान सदरमुखकाम सिमीकोटमा दाउरा बेचेर स्कुले भेटाउन गरेका छौ ।

उनले भने बिहानको खाना नानीहरुले स्कुलमै ल्याएर आउछन । स्कुलमै खान्छु अनि बेलुका घर गएर पुनः दाउराको भारी बनाउँछु । हाम्रो बानी नै बसिसकेको छ । विद्यालय जाने उमेरमा इ िबालबालिकाहरुलाई पढने उमेरमा किन भारी बोकेको भनेर प्रशन गर्दा उनीहरुको सोझै जवाफ दिने गरेका छन । पढने हातमा बन्चरो समाते पछि कलम कहिले समात्ने भन्ने प्रशन गर्दा बालबालिकाहरुले कलम कापी किन्ने रुपैया छैन ।

बालबालिकालाई काममा लगाउन नपाइने नियम उनीहरूका अभिभावकलाई पनि थाहा छ । तर, सानै उमेरदेखि घरको कामले बालबालिकालाई काम नलगाई उनीहरूको छाक टर्दैन । सरकारले दिने सुविधाबारे खासै थाहा नपाएका यी स्कुले बालबालिकालाई सरकारले दिन्छ भन्ने सदरमुकाममा दाउरा बेच्ने क्रममा कसैले सुनाएको मात्र याद छ । उनीहरू दाउरा बोक्नुपर्ने पीडामा दैनिक रोजीरोटी सँग जोडिएको कुरा सरकारलाई भने सुनाउन चाहन्छन ।

‘पढ्ने उमेरमा सधैं किन दाउरा बेच्न गएको मेरो जिज्ञासामा बमबहादुर भन्छन ‘बाँचे न पढ्ने हो, सरकार बाँच्न काम नगरी पुग्दैन । यस्तै कक्षा ३ भन्दा माथी अध्ययनरत अधिकंश विद्यार्थी यसरी नै दाउरा बेचेर मात्रै विद्यालय पुग्ने गरेका छन । सदरमुखकाम सिमीकोटमा १ भारी दाउराको भारी ३ सयदेखि ५ सय रुपैया बिक्रि हुन्छ । कहिले काँही यी स्कुले विद्यार्थीहरु नियमित स्कुले भ्याउदैनन ।

कक्षा ५ मा अध्ययनरत १४ वर्षका धन्जोक सिह भने घरको आर्थिक अवस्था कमजोरी भएकोले आमाबुबा बुढेशकाल भएकोले हप्तामा ३ दिन मात्रै विद्यालयमा हाजिर हुन्छन । अरु बेला काम गदै उनको विद्यालय जाने समय पुग्दैन । हुम्ला जिल्ला ६ महिना तातो हुने र कार्तिकदखि चैतसम्म हिमपात हुने भएकोले बेलामै हिउँदका लागि दाउरा बेचेर मात्रै विद्यालय जानु परेको कक्षा ६ मा अध्ययनरत बमबहादुर शाहीले बताएका छन ।

महिला तथा बालबालिका कार्यालय हुम्लाका अनुसार सदरमुखकाम आसपास बालबालिकाको दैनिकी नै दाउरा बेचेपछि बल्ल विद्यालय जाने गरेको श्रोतको भनाई रहेको छ ।