२०८१, ६ जेष्ठ आईतवार

युसएआडी किसान परियोजना अन्तरगत व्यापारीलाई साइकल वितरण

saicalसुर्खेत मंसिर  । युसएआडी किसान परियोजना तथा बाबु एण्ड शाही सब्जीमण्डीको सहयोगमा स्थानीय व्यापरिलाई एक कार्याक्रम गरि साइकल वितरण गरिएको छ ।

सधै जसो दैनिक रुपमा बाबु एण्ड शाही सब्जी मण्डीबाट तरकारी लिएर बजारमा बेच्दै आएका किसान मध्येबाट उत्कृष्ठ किसानहरुलाई होसल्ला प्रदान हुने भन्दै २५ जना किसानहरुलाई २५ वटा साइकल,२५ वटा क्यारेक्टर,२५ वटा तराजु वितरण गरिएको हो । बाबु एण्ड शाही सब्जी मण्डीका प्रोपाईटर रहेका प्रबल शाहीले स्थानीय उत्पादनलाई बढावा मिलोस र दैनिक ढोकामा तरकारी बच्दै आएका किसानहरुलाई समयको बचत हुने र आर्यआर्जनमा वृद्धि होस भन्ने हिसाबले यो कार्यको थालनी गरेको बताएका छन ।

कार्यक्रमा प्रमुख अतिथी रहेका युएसआइडी सुर्खेतका वरिष्ठ कृषि बजार प्रबन्धक अजय नन्द बर्जाचार्यले बोल्दै यो परियोजना विगतमा २० जिल्ला लागु भई काम गदै आएको र विशेष गरि कृषकहरुलाई आर्यआर्जनमा वृद्धि हुने गरेको ३९ वटा अनुदान कार्यक्र रहेको बताए उनले भने दिगो विकास दिलाउन अनुदान प्राप्त गरेको किसानहरुले व्यवसायलाई बढाउन उदमीहरुलाई होसल्ला प्रदान गरेको उनीहरुलाई कम समयमा धेरै लाभ मिल्ने गरेका ३ सय किसानलाई तरकारी खेतिमा लाभाम्बीत रहेको बताएका थिए ।

कार्याक्रममा फलफुल तथा तरकारी व्यवसायी संघका अध्यक्षय टोपबहादुर शाही , नत्यु प्रसाद चौधरी,मनिता आले सुर्खेत जिल्लाका कृषि संयोजक लक्ष्मी तिवारी, कृषि अधिकृत स्विकार कार्की लगायतको उपस्थित रहेको थियो ।

सम्बन्धित समाचार