२०८१, २३ बैशाख आईतवार

सुर्खेतका प्रअद्वारा २३ बुँदे सम्झौता पत्रमा हस्ताक्षर, ‘कक्षा उत्तीर्ण प्रतिशत ६ प्रतिशतले बृद्धि गर्ने सम्झौता’

सुर्खेत । यहाँका सामुदायिक विद्यालयका प्राध्यानाध्यापकहरुले शैक्षिक विकासका लागि धमाधम सम्झौता पत्रमा हस्ताक्षर गर्न थालेका छन् ।

यहाँका शिक्षकहरुले जिल्लाको शैक्षिक विकासलाई सहयोग गर्ने विभिन्न २३ बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । जिल्ला शिक्षा कार्यालय सुर्खेतले प्राध्यानाध्यापकहरुलाई सम्झौता पत्रमा हस्ताक्षर गराएको हो । विद्यालय निरीक्षक सम्बन्धित स्रोत व्यक्ति समक्ष विद्यालयका प्राध्यानाध्यापकहरुले एक शैक्षिक वर्षका लागि करार सम्झौता पत्रमा हस्ताक्षर गरी जिल्ला शिक्षा कार्यालय सुर्खेतमा पेस गर्न थालेका हुन् ।

 शुक्रबार पनि विद्यालयमा पुरै पढाइ नहुने
 जिसिअको अनुमति विना शिक्षकहरु गैससको तालिम, गोष्ठीमा सहभागी नहुने
 विद्यालयका साँस्कृतिक कार्यक्रममा राष्ट्रि भावना जगाउने गीतहरुको प्रयोग गर्ने

विद्यालयका प्राध्यानाध्यापकहरुले गरेको सम्झौता पत्रमा शैक्षिक सत्र २०७३÷०७४ शैक्षिक उपलब्धी बृद्धिका लागि विभिन्न कार्यसम्पादन गर्ने छु पनि हस्ताक्षर गरिएको छ । सम्झौता पत्रको पहिलो बुँदा मै विद्यालयका सबै कक्षाको उत्तीर्ण प्रतिशतलाई गत वर्षको तुलनामा ६ प्रतिशतले बृद्धि गर्ने जनाइएको छ । यस्तै सम्mभौता पत्रमा विद्यालयमा हरेक महिना कम्तिमा पनि पाँच जना शिक्षकहरुको कक्षा अवलोकन गरी त्यसको प्रतिवेदन स्रोत केन्द्रमा पढाउने उल्लेख गरिएको छ ।

यो सम्झौता अनुसार अब सुर्खेतमा शुक्रबार पनि विद्यालयमा २ बजेसम्म अध्यापन हुने र त्यपछि अतिरिक्त क्रियाकलाप संचालन हुने छ । यस्तै अब जिल्ला शिक्षा कार्यालयले अनुमति नदिएसम्म शिक्षकहरु गैससको तालिम, गोष्ठीमा सहभागी हुनेछैनन भने विद्यालयले संचालन गर्ने साँस्कृतिक कार्यक्रममा राष्ट्रि भावना जगाउने गीतहरुको प्रयोग हुने छ ।

विद्यालय तहमा शिक्षाको गुणस्तर बृद्धि गर्नका लागि सुरु गरिएको यो सम्झौता अनुसार हरेक महिनामा स्रोतकेन्द्र स्तरमा हुने प्रअ बैठकका निर्णयहरु आफ्ना विद्यालयमा कार्यान्वयन गने र विद्यालयमा संचालित शैक्षिक कार्यक्रमहरुको अनुगमन तथा व्यवस्थित अभिलेखिकरण राख्नुपर्ने छ ।

यस्तै विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी तथा अन्य विविध पक्षसंग सम्बन्धित तथ्याङक अध्यावधिक गरी सबैले देख्ने गरी राख्ने र विद्यालयको शैक्षिक तथ्याङक इएमआइएस तोकिएको समयभित्र नियमित रुपमा इन्ट्रि गर्ने, प्रत्येक विषयगत शिक्षकसंग कम्तिमा एक महिनामा एक पटक सिकाई उपलब्धी सम्बन्धी छलफल गर्ने, राष्ट्रिय पठन सीप प्रद्र्धन, कार्यक्रमलाई यस कार्यक्रमका मर्म अनुरुप प्रभावकारी रुपमा कक्षा कोठाभित्र लागु गर्ने, विद्यालय सेवा क्षेत्र भित्र विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालयमा भर्ना गर्ने व्यवस्था मिलाउने र यस कार्यमा कुनै बालबालिकालाई थप सहयोग आवश्यक परे विभिन्न संघसंस्था र जिल्ला शिक्षा कार्यालयसंग समेत समन्वय गर्ने पनि उल्लेख गरिएको छ ।

कम्तिमा वर्षको एक पटक विद्यालयको सम्पूर्ण गतिविधिलाई सरोकारवालाको आम भेला गराई सार्वजनिक गर्ने र विद्यालयको सामाजिक परीक्षण एवंम लेखा परीक्षण समयमै गर्ने गराउने, विद्यालय सुधार योजना अध्यावधिक गरी कार्यान्वयन गर्ने,सम्झौता पत्रमा उल्लेख छ ।

यसै गरी विद्यार्थी हाजिरी पुस्तिकाको पूर्ण प्रयोग गर्ने, गराउने, विद्यालयमा रेडक्रस, स्काउट, बाल क्लव, इको क्लव आदि गतिविधिलाई नियमित रुपमा संचालन गरी विद्यालयको वातावरणलाई व्यवस्थित अनुशासित स्वच्छ सिकाईमैत्री र हराभरा बनाउने, विद्यालयमा अनुपस्थित हुनेको खोजि गर्ने र कारण पत्ता लगाई समस्या समाधान गर्ने पनि सम्भौता पत्रमा उल्लेख गरिएको छ ।

शिक्षा नियमावलीमा भएको व्यवस्था एवंम शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालयको परिचयपत्र अनुसार शिक्षकले अनुमति नलिई अन्यत्र कार्य गर्ने प्राध्यापकलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने, हरेक परीक्षा पछि शिक्षकले आफ्नो विषयमा विद्यार्थीहरुल्े प्राप्त गरेका शैक्षिक उपलब्धी विश्लेषण गरी सोही अनुसार उपलब्धी बृद्धिको योजना बनाई कार्यान्व्यन गर्ने पनि सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

सम्झौता पत्रमा शिक्षकले शिक्षक डाइरी अनिवार्य रुपमा प्रयोगमा ल्याउने र हरेक शिक्षकले अनिवार्य रुपमा आफ्नो विषयको पाठ्यक्रम लगायत उपलब्ध भएसम्मको शिक्षक निर्देशिका र सन्दर्भ सामग्री आफूसंग राखी प्रयोग गर्ने, गराउने वातावरणको सिर्जना गर्ने, विद्यालयमा सुझाव पेटिका राख्ने, एक जना महिला शिक्षकलाई लैगिंक फोकल पर्सन र अन्य एक जना शिक्षकलाई स्वास्थ्इ फोकल पर्सन तोक्नुका साथै विद्यालयमा अपाङग एवंम लैगिंक मत्रै वातावरणको सिर्जना गर्ने, शैक्षिक सुधारका लागि आधुनिक सूचाना प्रविधिको प्रयोगमा जोड दिने, विद्यालयमा उपलब्ध कम्प्यूटर ल्याव र स्मार्ट बोर्डहरुलाई चालु अवस्थामा राख्ने, विद्यालयमा इन्टरनेट व्यवस्था गर्ने र विद्यार्थीलाई सरल र रमाईलो तरिकाले शिक्षण गर्नका लागि हरेक शिक्षकले सीकार्यसंग सम्बन्धित सामग्रीको खोजी गरी प्रयोग गर्ने उल्लेख छ ।

विद्यालय परसरभित्र धुम्रपान,मद्यपान, सूर्तीजन्य पदार्थ र वालवालिकाको स्वास्थ्यमा असर पु¥याउने खाद्य पदार्थ प्रयोगमा निषेध गर्ने, विद्यालयले सरोकारवालाहरुको सहयोगमा शिक्षक, कर्मचारी, विद्यार्थी विद्यालय व्यवस्थापन समितिको आचारसंहिता निर्माण गरी कार्यान्वयन गर्ने गराउने, विद्यालयले संचालन गर्ने साँस्कृति कार्यक्रममा बालबालिकाहरुका लागि अनुपयुक्त र छाडा संस्कृति झल्किने भन्दा राष्ट्रिय भावना झल्किने, बाल मनो विज्ञान, शिक्षण क्रियाकलाप र शैक्षिक जागरणमा टेवा पु¥याउने गीतलाई प्रयोगमा ल्याउने र हरेक महिनाको अन्तिम दिन शिक्षक स्टाफ बैठक संचालन गरी शैक्षिक गुणस्तरका लागि कार्यहरुको समिक्षा गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

देशै भरका विद्यालयहरुमा अहिले यस्तै सम्झौता गरिएपनि सुर्खेतमा गरिएको सम्झोता पत्रमा उल्लेख गरिएका बुदाहरु र अन्य जिल्लाको सम्झौता पत्रमा रहेका बुँदाहरु फरक रहेको जिल्ला शिक्षा कार्यालय सुर्खेतले जनाएको छ । जिल्ला शिक्षा कार्यालय सुर्खेतका सूचना अधिकारी भोलप्रसाद लम्सालले अहिले दुईवटा स्रोतकेन्द्रमा रहेका विद्यालयहरुका प्राध्याना ध्यापकले सम्झौता पत्रमा हस्ताक्षर गरिसकेको र अन्य विद्यालयका प्राध्यानाध्यापकहरुसंग पनि सम्झौता तत्काल हुने बताए । सम्झौताका लागि जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाह आफै स्रोत केन्द्रसम्म पुगेका छन् ।

सम्बन्धित समाचार