२०८१, २३ माघ बुधबार

नेत्र ज्योति संघद्धारा निःशूल्क आँखा शिविर

imagesसुर्खेत । पुर्वी सुर्खेतको सुर्यज्योति उच्च माध्यमिक विद्यालय शुभाघाट गंगामाला नगरपालिका ११ मा ३ दिने निशुल्क आँखा अप्रेशन शिविर महेलकुना सुर्खेतमा सम्पन्न भएको छ ।

नेपाल नेत्र ज्योति संघ, बाँके, फत्तेवाल आँखा अस्पताल फुलटेक्रा नेपालगञ्ज ,सामुदायिक आँखा उपचार केन्द्र मेहेलकुना सुर्खेतको आयोजना तथा सुर्यज्योति उमावि शुभाघाट गङ्गामाला नगरपालिका एघार मेहेलकुना सुर्खेतको स्थानिय आयोजनामा उक्त तीन दिने नि शुल्क आँखा अप्रेसन शिविर सम्पन्न भएको हो ।

मंसिर ४ गतेदेखि मंसिर ६ गते तीन दिन सम्म सञ्चालित उक्त शिविरवाट १ सय ८० जना मोति विन्दुका विरामिहरुको नि शुल्क आँखाको अप्रेसन गरिएको हो । नेपाल नेत्रज्योति संघ बाँके , फत्ते बाल आँखा अस्पताल फुल्टेक्रा नेपालगन्जका कार्यक्रम अधिकृत उमर सादिक ले जानकारी दिएका छन ।

यस्तै यही कार्तिक २८ गतेदेखि मंसिर तीन गते सम्म पुर्वि सुर्खेतका २ वटा नगरपालिका हरु र ४ वटा गाविसहरु गरि ११ स्थानमा एकसाथ नि शुल््क मोतिविन्दु छनौट शिविर सञ्चालन गरिएको हो । उक्त शिविर वाट २ सय ५० जना वढि मोतिविन्दुका विरामि हरुको आँखाको अप्रेसनका लागि छनौट गरिएको छ।

करिव १ हजार ५ सय आँखाका विरामि हरुको नि शुल्क आँखा जाँच तथा नि शुल्क औषधि र चश्मा वितरण गरिएको अस्पतालका कार्यक्रम अधिकृत उमर सादिक ले जानकारी दिएका छन ।