२०८१, २१ बैशाख शुक्रबार

जिफन्टको नयाँ कार्यसमिति

gefontसुर्खेत। नेपाल अटो मेकानिक्स ट्रेड युनियन (जिफन्ट) वीरेन्द्रनगर सुर्खेतले नयाँ कार्यसमिति चयन गरेको छ । टे«ड युनियनको भेलाले भुपेन्द्र घर्तीमगरको अध्यक्षतामा वीरेन्द्रनगरको नयाँ कार्यसमिति चयन गरेको हो ।

युनियनको उपाध्यक्षमा गुरुङ राई, सचिवमा बिशाल थापामगर चयन भएका छन । यस्तै सदस्यहरुमा मुक्ति श्रेष्ठ, धर्म विक, शादिक अलिसा र अम्मर राई छन । वीरेन्द्रनगरमा छरिएर रहेका श्रमिकहरुलाई छाता संगठनमा ल्याएर उनीहरुका समस्यालाई समाधान गर्ने उदेश्यले टे«ड युनियनको नगर कार्यसमिति चयन गरिएको हो । वीरेन्द्रनगर ट्रेड युनियनका नवनिर्वाचित अध्यक्ष भुपेन्द्र घर्तीमगरका अनुसार सुर्खेतमा ६५ जना अटो मेकानिक्सहरु छन ।

केही समयमै टे«ड युनियनलाई भेरीगंगा नगरपालिकामा पनि विस्तार गर्ने योजना रहेको अध्यक्ष घर्तीमगरले जानकारी दिए । नेपाल अटो मेकानिक्स ट्रेड युनियन (जिफन्ट) सुर्खेतका अध्यक्ष मिजन अन्सारीको अध्यक्षतामा भएको भेलामा जिफन्ट ६ नम्बर प्रदेशका संयोजक कमल गौतम लगायतको उपस्थिती थियो ।