२०८१, ८ बैशाख शनिबार

विद्यार्थीको हितका लागि आन्द्योलन : संयुक्त विद्यार्थी

med-westenसुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको संयुक्त विद्यार्थी संगठनले विद्यार्थीहरुको आन्दोलन कुनै रिसिबी साध्न र व्यक्तिगत लाभका लागि नभई विद्यार्थीहरुको हितको लागि भएको बताएका छन् ।

केही दिन अघि आन्दोलनमा उत्रिएका इन्जिनियरिङ संकायका विद्यार्थीहरु र विश्वविद्यालयका पदाधिकारीहरुबीच उत्पन्न परिस्थितिले विद्यार्थीले तोडफोठ गरेका थिए । त्यसको जिम्मा समेत लिदै संयुक्त विद्यार्थी संगठनले विद्यार्थीहरुले आफ्नो हक अधिकारको लागि आन्दोलन गरेको विज्ञप्ति मार्फत प्रष्ट पारेका छन् ।

आन्दोलनका क्रममा सहभागी भएका विद्यार्थीहरुलाई सार्वजनिक मुद्दा लगाउने र निष्काशन समेत गर्ने हल्ला चलेका वेला संयुक्त विद्यार्थी संगठनले विज्ञप्ति निकाली आन्दोलन व्यत्तिःगत नभई विद्यार्थीको हितको लागि भएकोले विद्यार्थीहरुलाई माग गरिएको स्पष्टिकरण समेत खारेज गर्न माग गरेको छ ।

साथै विज्ञप्तिमा विद्यार्थीहरुका जायज माग पुरा गर्न माग गरिएको छ । आफ्ना जायज मागहरुलाई व्यवास्था गरिदा आकस्मिक रुपमा घटना हुन पुगेको भन्दै विद्यार्थीहरुले अब पनि मागहरुको पुरा नभए आन्दोलनका क्रममा अन्य भयाबह अवस्था आउन सक्ने चेतावनी पनि दिएका छन् । विश्वविद्यालयका पदाधिकारीहरु नै विद्यार्थीहरुका मागहरुप्रति संवेदनशिल नहुँदा घटना भएको भन्दै विद्यार्थीहरुले पदाधिकारीहरुलाई संवेदनशिल हुन आग्रह गरेका छन् ।

संयुक्त विद्यार्थी संगठनका तर्फबाट माओवादी केन्द्रको अखिल (क्रान्तिकारी) का मप विश्वविद्यालय अध्यक्ष रवी केसी, अनेरा स्ववियुका सचिव अम्मर शाही, अखिल छैटौका अध्यक्ष शिल्पा रावत, अखिल –क्रान्तिकारी) का संयोजक लालबहादुर बुढा र नेपाल क्रान्तिकारी विद्यार्थी संघका अअध्यक्ष भरतप्रसाद दहालले विज्ञप्तिमा हस्ताक्षेर गरेका छन् ।