२०८१, ८ बैशाख शनिबार

विद्यार्थीलाई सार्वजनिक मुद्दा की नैतिक पाठ, गैर जिम्मेवार पदाधिकारी कि विद्यार्थी मात्रै ?

विद्यार्थी र पदाधिकारीहरुबीच पूर्वाग्रही भावनाको जागृत  ।
अविश्वासको दुरी बढ्दो  ।

med-westenसुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको इतिहास निकै गर्विलो छ । यस अर्थमा कि सुर्खेती जनताले आफ्नो गास कटाएर अथक लामो प्रयास पछि विश्वविद्यालय स्थापना सम्भव भयो ।

सडकमा तन्ना विछ्याउनेदेखि महायज्ञ लगाएर रकम संकलन र ठुलो मात्रामा जग्गा व्यवस्थापनमा यहाँका दानी जनताको दूरगामी सोचाईले विश्वविद्यालय स्थापना भयो । मप विश्वविद्यालय सुर्खेतमै स्थापना हुने नीतिगत निर्णय भएपछि नागरिकमा स्वभाविक रुपमा शैक्षिक उन्नयनका आशा पलाए ।

तत्कालिन सरकारले विश्वविद्यालयका पहिलो उपकुलपतिका रुपमा यस क्षेत्र कै मुर्धन्य व्यक्ति प्राध्यापक डाक्टर पदमलाल देवकोटालाई नियुक्त ग¥यो । त्यसपछि मात्रै मप विश्वविद्यालयमा शैक्षिक गतिविधि सुरु भए । एकैपटक ४५÷५० वटा विषयका पाठ्यक्रम निर्माण गरी अध्यापन सुरु गर्नु चानचुने कुरा पनि थिएन । सबैको वहवही थियो । जुन छोटो समयमा टुङ्गियो ।
तत्कालिन उपकुलपति प्रा.डा.पदमलाल देवकाटाको टिम अख्तियारको फन्दामा प¥यो । कतिले सफाई पाए पनि केही पदाधिकारी र कर्मचारी दोषी ठहर भए । उभिने वेलाको विश्वविद्यालय उल्टो दिशामा मोडियो । प्रा.डा.पदमलाल देवकोटा उपकुलपति हुँदा नै विश्वविद्यायमा ‘ताला’ संस्कृतिको विकास भएको थियो । लगातार ९ महिनासम्म विश्वविद्यालयमा ताला लागेको थियो । जुन विश्वविद्यालय भित्रको दलीय राजनीतिको पराकाष्ठा हो । बौद्धिक, प्राज्ञिक व्यक्ति र सिर्जनशील दिमागमा शिक्षा भर्न प्रवेश गरेका विद्यार्थीहरुबीच कहिल्यै पनि आपसि मेल भएन ।

विद्यार्थीहरुले कहिले स्वतन्त्र विद्यार्थीका हैसियतले विभिन्न एजेन्डा उठाएर तालाबन्दी गरे । कहिले दलीय संगठनात्मक उन्नतीका लागि आफ्ना मागहरु राखेर आन्दोलन चर्काए । विद्यार्थीहरुका आन्दोलन विद्यार्थीहरु र विश्वविद्यालयका पदाधिकारीरु बीचको वेमेल अजिव किसमले निरन्तर छ । प्रा.डा.देवकोटा उपकुलपति हुँदा तालाबन्दीको नेतृृत्व एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले ग¥यो । अरु विद्यार्थी संगठन छायाँमा थिए । तदर्थ नियुक्ति पाएका उपकुदपति सह–प्राध्यापक कालिप्रसाद पाण्डेको कार्यकाल सामान्य जस्तै भए ।

विद्यार्थी मागहरुलाई थामथुम बनाइयो । जब प्रा.डा.उपेन्द्रकुमार कोइरालाल उपकुलपति भए । तालाबन्दीको नेतृत्व माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले ग¥यो । अरु संगठन छायाँमा । यसले प्रष्ट राजनीतिक आग्रह र पुर्वाग्रह देखिन्छ । जुन दोहोरो पुर्वाग्रह छ । पदाधिकारीहरुले विद्यार्थीहरु विद्यार्थी भन्दा बढी राजनीतिक दलका कार्यकर्ताको दृष्ट्रिकोणले हेर्ने र विद्यार्थीहरुले पदाधिकारीहरुलाई पनि त्यही दृष्ट्रिले हेर्ने गलत र्पबृत्तिको विकास भएको छ । जस कारण विश्वासको दुरी लम्बिएको छ ।

मप विश्वविद्यालयमा यस अघिका आन्दोलन जे जस्ता भएपनि अहिले विश्वविद्यालयमा एउटा संकायका विद्यार्थीहरु मात्रै आन्दोलनमा उत्रिएका छन् । आफ्ना केही सीमित मागहरुको उठान गर्दै इन्जिनियरिङका विद्यार्थीहरुले विश्वविद्यालयमा तालाबन्दी गरेका छन् । यहाँ कुनै एउटा संगठनको संलग्नता छैना । विद्यार्थीहरुका मागहरु छन । विद्यार्थीहरुको नै संलग्नता छ । त्यहाँ विद्यार्थी नेता अवश्य छन् । तर यस अघिका विद्यार्थीहरुलनले विश्वविद्यालयका पदाधिकारीहरुलाई यी पनि कसैको निर्देशनमा परिचालन गरिएको तीघ्रेहरु हुन भन्ने भान परिरहेको छ ।

किन कि एकअर्काप्रतिको विश्वासको दुरी निकै टाढा छ ।
यीनै आन्दोलनरत विद्यार्थीहरु र विश्वविद्यालयका पदाधिकारीहरुबीच केही दिन अगाडि मात्रै वार्ताका क्रममा विद्यार्थीÞद्वारा तोडफोड भयो । केही यस्ता समाचार शीर्षक आए–‘विद्यार्थीहरुले उपकुलपतिलाई वाथरुममा थुने’ तोडफोड भएपनि विद्यार्थीले उपकुलपतिलाई वाथरुममा थुनेको समाचार असत्य थियो । सामाजिक सञ्जालमा त्यही कुराले स्थान पायो । जसले सबैलाई लज्जित बनायो । तोडफोड भएको समाचार संकलन गर्न पुगेका पत्रकारहरुले कसरी यो भयो भनेर प्रश्न गर्दा उपकुलपति कार्यालयका एक जना कर्मचारीले भने–‘यहाँ माओवादीका विद्यार्थीहरु धेरै थिए, समाचार त्यसरी नै मिलाएर लेख्नु’ । यसले पनि पूर्वाग्रहको पुष्टी गर्छ । किन भने त्यहाँ इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीहरु थिए र आन्दोलन पनि संगठनको नभई विद्यार्थीहरुको थियो ।

सिर्जनशिलता प्रायायका रुपमा परिभाषित गरिएका विद्यार्थीहरुले तोडफोड नै गर्नुपर्ने त होइन तर यस्तो परिस्थिति किन आयो भन्ने कुरा पनि महत्वपूर्ण छ । यहाँ विद्यार्थीहरु मात्रै गैरजिम्मेवार हुन या त विश्वविद्यालयका पदाधिकारीहरु पनि गैरजिम्मेवार भएका कारण यो स्थिति आयो भन्ने प्रश्न उठेका छन् । विद्यार्थीहरुका मागहरु कति गम्भीर हुन, यी मागहरुका सम्बन्धमा कतिसम्म लचक हुन सकिन्छ भन्ने कुरामा विश्वविद्यालयले ध्यान दिन नसकेको बुझिन्छ । विद्यार्थीले के गर्न सक्छन र भन्ने सामान्य बुझाइका कारण विश्वविद्यालयको क्षति भयो ।

विद्यार्थीले यो बुझेनन् कि ती कुर्ची, टेवुल हाम्रा पनि सम्पत्ती हुन, विश्वविद्यालयका पदाधिकारी हाम्रा अभिभावक हुन तसर्थ हाम्रा मागहरु पुरा हुन्छन । यहाँ पदाधिकारीहरु र विद्यार्थीहरु पूर्वआग्रही बन्दा विश्वास गुमेको देखिन्छ । त्यही अविश्वासका कारण विश्वविद्यालयमा आन्दोलन निरन्तर छ ।

अहिले तोडफोड कै विषयले ठुलो चर्चा पाएको छ । केही विद्यार्थीहरुलाई विश्वविद्यालयका पदाधिकारीहरुले तारो बनाएको देखिन्छ । इन्जिनियरिङ संकायमा विद्यार्थीहरुका हक हितका लागि नेतृत्व गरिरहेका विद्यार्थीहरु नै विश्वविद्यालयका पदाधिकारीको तार्गेटमा छन् । विश्वविद्यालयले उनीहरुलाई समातेर सार्वजनिक मुद्दा लगाउनुपर्छ भन्ने तर्क अघी सारेको छ । समातिने डरले विद्यार्थीहरु पढ्नबाट मात्रै बञ्चित भएका छैनन् कि कहिकतै सार्वजनिक पनि हुन सकेका छैनन् । उसो त इन्जिनियरिङ विषय सामान्य विषय पनि होइन । ती विद्यार्थीहरुले पनि आफ्नो भविष्यको ख्याल न गरिने ताडफोडमा उत्रिएका पनि होइनन् होला । तर पूर्वाग्रह राखेर उनीहरुलाई सार्वजनिक मुद्दा लगाएर जिन्दगी वर्वाद गरिदिनु कति उचित हुनसक्छ ?

हो आफ्नै विश्वविद्यालयका सम्पत्ती तोडफोड गरिनु अनुशासन हिनताको पराकाष्ट हुनसक्छ । तर अनुशासनमा रहेन भन्दैमा आफ्नै सन्तानलाई अभिभावकले अनुशासनको पाठ सिकाउने कि सार्वजनिक मुद्दा लगाउने ? विद्यार्थीहरुलाई यसै विश्वविद्यालयमा पढ्ने वातावरण मिलाउने कि रेष्टिगेट ? यी सोच्नुपर्ने विषय हुन । के गर्दा विश्वविद्यालयको सन्देश राम्रो जान सक्छ ।

रत्नाकर डाँकुबाट बालमिकि बने झै के विद्यार्थीहरु अनुशासनको परिधिभित्र आउन सक्दैनन ? तसर्थ विश्वविद्यालयका पदाधिकारीहरु, विद्यार्थीहरुमा विश्वासको वातावरण कार्य हुनुपर्दछ । विद्यार्थीहरुलाई पदाधिकारीहरुले अभिभावकत्व प्रदान गर्नुपर्दछ । विद्यार्थीले पदाधिकारीको सम्मान गर्न सक्नुपर्दछ ।