२०८१, २२ बैशाख शनिबार

भविश्यमा डाक्टर बन्ने चाहाना छ ।

15151601_1826398284294777_2097370194_nविधार्थी सँग एकछिन……………………….
हरेक विद्यार्थीका आ— आफनै चाहाना हुन्छन । सबै विद्यार्थीहरुलाई एउटै किसिमको वातावरण मन पदैन । विद्यालयको वातावरण विद्यार्थीको मनोविज्ञान र अभिभावकको आफना सन्तानप्रति दर्शाउने अभिभावकत्व जस्ता विषयमा हामीले विद्यार्थीसँगै केही विद्याकर्थी केन्द्रित प्रशनहरु तेस्याउँछौ । केही समय विद्यार्थीसँग बसेर आम विद्यार्थीको प्रतिनिधित्व गर्ने पात्रका बारेमा कुरा गर्ने गर्दछौ । हामीले यसपटक धेरै विद्यार्थीको प्रतिनीधि पात्रका रुपमा श्री हार्मेष्टमुन सेकेण्डरी बोडिङ स्कुलका कक्षा ४ मा अध्ययनरत छात्र सुर्य सुनारलाई भेटाएका छौ । प्रस्तुत छ सुनारसँग ईनयाँ नेपालकर्मी नरजन तामाङ्ले गरेको कुराकानीको संक्षेप ः

 कस्तो चल्दैछ पढाई ?

रामै सँग चल्दै छ ।

 पढाई कस्तो भईदिएको भए हुन्थ्यो भन्ने लाग्छ ?

शिक्षक शिक्षिकाहरुले विद्यार्थीको भावना बुझेर पढाइ दिएको भए हुन्थ्यो जस्तो लाग्छ ।

 घरमा कतिको पढनु हुन्छ नि ?

घरमा ३ घण्टा जति पढछु ।

 अहिले श्री हार्मेष्टमुन सेकेण्डरी बोर्डिङको जुन वातावरण छ । यो वातारण पढाईको लागि कस्तो लाग्छ ?

पढाईको वातावरणको लागि हाम्रो स्कुलमा एकदम उपयूक्त छ । आफनो विद्यालयको पढाई सबैलाई राम्रै लाग्छ ।

 कुन शिक्षकले पढाएको तपाईलाई राम्रो सँग बुझे जस्तो लाग्छ ?

सबै शिक्षक शिक्षिकाहरुले रामैसँग पढाउनु हुन्छ । अझै मलाई विज्ञान विषयका सर केशव कार्कीले पढाएको राम्रो बुझे जस्तो लाग्छ ।

 तपाई भविष्यमा के बन्न चाहानुहुन्छ ?

भविश्यमा डाक्टर बन्ने चाहाना छ ।

 तपाईको कक्षामा कति जना विद्यार्थी हुनुहुन्छ तपाई धेरै जनाको बीचमा पढाएको बुझनु हुन्छ ?

हाम्रो कक्षामा ३२ जना विद्यार्थी हुनुहुन्छ । म ध्यान दिएर सुन्छु अनि बुझछु ।

 तपाई अगाडी बसेर पढिरहदा तपाईको सार्थीहरुले पछाडीबाट डिस्टर्ब गर्दा कस्तो लग्छ ?

सार्थीहरुले हल्ला गरेमा सारै रसि उड्छ । सरहरुलाई भनेर सम्झाउन पठाउछु ।

 तपाईलाई तपाईको विद्यालयका मन नपर्ने पक्षहरु के के हुन ?

मेरो विद्यालयमा खासै नराम्रो पक्ष केही छैन । अलिकति खेलमैदान सानो छ ।

 तपाईका विद्यालयको राम्रा पक्षहरु के के हुन ?

मेरो विद्यालयको राम्रो पक्षहरु विद्यालयको वातावरण पढाईका लागी उपयूक्त छ । दक्ष शिक्षक, शिक्षिकाहरु छन । शौचालयको र खाने पानीको राम्रो व्यवस्था छ । समग्रमा पढाईका लागि एकदम उपयूक्त वातावरण हार्मेष्टमुनमा पाउँनुहुन्छ ।