२०७९, ११ आश्विन मंगलवार

तीन ‘ज’को भण्डार बारेकोट (फोटो फिचर)

जाजरकोटको बारेकोट गाउँपालिका जैविक विविधताले भरिपूर्ण क्षेत्र मानिन्छ। यस क्षेत्र हिमालदेखि मध्यपहाडसम्मको भूभाग यही क्षेत्रमा पर्दछ।

उपल्लो भागमा हिमालयदेखि तल्लो भागमा उत्पादनमुखी जमिन रहेको छ। जल, जंगल र जडीबुटीको भण्डार रहेको बारेकोट असाध्य सुन्दर ठाउँका रूपमा प्रख्यात छ।

जुम्ला र डोल्पासँग सिमाना जोडिएको यो क्षेत्र नलगाड जलविद्युत् आयोजना ४१७ मेगावाटको बाँधका साथै पानीको मुख्य मुहान र स्रोत समेत रहेको छ।