डेगु बाट नआत्तिऔ,सचेत रहौ स्वास्थ्य कार्यालय २ सय किट माग गरेपनि अझै आएन
सुर्खेतमा केहि दिनदेखी चर्चामा आएको डेगुरोगवारे आत्तिनुपर्ने अवस्था नआएको जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ । तराईका विभिन्न जिल्ला सधै जोखीममै रहेपनि सुर्खेत भने ठुलो जोखिममा नरहेको कार्यालयको भनाई छ । तर यो रोगका बारेमा सबै सचेत हुनुपर्ने जिल्ला स्वास्थ्य कार्यालयको भनाई छ ।
कार्तिक महिनाभित्रमा मात्रै ८ जना बिरामी देखिएकाले सचेत हुनुपर्ने जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख बसन्त अधिकारीले बताए । अधिकारीका अनुसार जिल्लाका विभिन्न स्थानमा डेगुका बिरामी देखिए पनि उपचार पछि ति बिरामी घर र्फिर्कसकेका छन ।
डेगु लागेको करिब ८० प्रतिशत बिरामी आफै निको हुने बाकी २० प्रतिशतको उपचारमा ढिलाई हुने कार्यालयको भनाई छ । यो रोगको विश्वमै अहिलेसम्म उपचार पद्धती थाहा नपाएकाले रोग लाग्न नदिनका लागि पहल गर्न समेत कार्यालयले सबैसंग आग्रह गरेको छ ।
सफा पानीमा बस्ने पोथी लामखुट्टेको टोकाईबाट सर्ने यो रोग लागेपछि रोगसंग लड्ने प्रतिरोधात्मक क्षमता भएपछि आफै सन्चो हुने क्षेत्रीय अस्पताल कालागाउका डाक्टर के एन पौडेलले जानकारी दिए । हालसम्म डेगोले संक्रमित भएर ज्वोरो देखिएका वीरेन्द्रनगर,मा २ गुमीमा २ जना,दशरथपुर सिमले ४ मा १ जना, गरि सुर्खेत जिल्लामा ८ छन । उनिहरु सबैको उपचार भैसकेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकमा छ ।
हाल जिल्लामा यस्ता लक्षणका विरामीहरु थप देखिन सक्ने भएकाले डेंगो परिक्षणको लागि स्वास्थ्य विभागमा किट माग गरि पठाएको डेगोका फोकल पर्सन उदयबहादुर बिसीले जानकारी दिए । बिसीले कार्तिकको तेस्रो हप्ता पठाएपनि हालसम्म औषधि नआएको बताए । उनले भने प्रत्येक दिन ताकेता गरिरहेका छौ ।
तर औषधी किन्न महगो र विदेशबाट ल्याउनुपर्ने भएका कारण यहा आउन पनि ढिलाई भैरहेको छ । कार्यालयले दुइ सय पिस किट माग गरि पठाएको छ । यसै विच डेगो रोगबाट बच्न जिल्लाभरी अभियान नै चलाउनुपनर्मो सरोकारवाला निकायहरुले जोड दिएका छन ।
सुर्खेतका स्थानिय विकास अधिकारी अमृत लम्सालले उपत्यकामा वीरेन्द्रनगर नगरपालिका संग मिलेर टोल टोलमा लामखुट्टे बस्न सक्ने सम्भावित क्षेत्रको पहिचान गरेर हटाउनुपर्ने बताए । प्रत्येक नागरिकलाई सचेतना भए यो रोगबाट बचिने भन्दै त्यसका लागि यो अभियानको नेतृत्व वीरेन्द्रनगर नगरपालीका र स्थानिय स्वयसेविकाले लिनुपर्ने धारणा राखेका छन ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले यसमा सर्वपक्षीय चासो र सहकार्य हुनुपर्ने बताएका छन । श्रेष्ठले राजनितिक दल सञ्चारमाध्यम र गैरसकारी क्षेत्रले पनि सहयोग गरे डेगोलाई रोक्न सकिने बताए ।
यसैविच विश्वका विकवासित मुुुुुुलुकमा माहामारीकै रुपमा फैलिएको डेगुरोग सम्बन्धि जनचेतना दिन बहुनिकाय अन्तरक्रिया कार्यक्रम वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
कार्यक्रममा ४ देखि १५ दिनभित्र देखिने यो रोगको खासगरि बसाई सराईको काराणले एडिज नामको लामखेट्टेका काराणले सर्ने गरेको अन्तरक्रियामा जानकारी गराईएको थियो । नेपालको सबैभन्दा तुलनात्मक हिसाबले चितवनलाई बढि डेगु प्रभावित मानिन्छ । यो रोग न्यानो मौसममा धेरै जसो फैलिने गरेको जनाईएको छ । नेपालमा २०१६ मा १ हजारको हाराहारीमा यसको लक्षण देखिने गरेको छ । चितुवा खाल्को रंगको पोथी लामखुट्टेका कारण सर्ने यो रोगबाट बच्न समथर स्थान, गमला,सफा पानी हुने खालका भाडा हटाउन कार्यालयले सबैलाई आग्रह गरेको छ ।