२०८१, २१ बैशाख शुक्रबार

स्थानीय तह सम्बन्धी कार्यशाला गोष्ठी कात्तिक भित्रै सिमाङकनसहित संख्या बुझाई सक्नुपर्ने

तस्बीर ः स्थानीय तह सम्बन्धी संम्बैधानिक व्यवस्थाका बारेमा जानकारी दिदै स्थानीय तह पुनरसंरचना आयोगका सदस्य निरज शाह ।
तस्बीर ः स्थानीय तह सम्बन्धी संम्बैधानिक व्यवस्थाका बारेमा जानकारी दिदै स्थानीय तह पुनरसंरचना आयोगका सदस्य निरज शाह ।

सुर्खेत, ।स्थानीय तह सम्बन्धी संबैधानिक व्यवस्था र आगमी संरचना सम्बन्धी यहाँको वीरुेन्द्रनगरमा कार्यशाला गोष्ठी सम्पन्नभएको छ ।

जिल्ला विकास समिति महासंघ,नेपाल,नेपाल नगरपालिका संघ र गाविस राष्ट्रिय महासंघको संयुक्त आयोजनामा गोष्ठीको आयोजना गरिएको हो ।

सोही कार्यक्रममा सहभागीहरुले स्थानीय स्तरको सम्भावनाको ख्याल गर्दै स्थानीय तहको संरचना गरिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमा स्थानीय तहपनरसंरचना आयोगका सदस्य निरज शाहले सुर्खेतबाट कात्तिक भित्र सिमाङकन सहितको स्थानीय तहको संख्या बुझाइसक्नुपर्ने बताए ।

अहिले सुर्खेतमा बढीमा ९ वटासम्म स्थानीय तह हुने भएकोले यसअघिकै ८ वटा संख्या वा ९ वटा संख्या निर्धारण गरी तत्काल सिफारिस गर्न आग्रह गरे ।

निर्वाचन आयोगले चैतमा स्थानीय तहको निर्वाचनको लागि आफूहरुलाई छिटो सिमाङकनसहित संख्या बुझाउन भनेको भन्दै छिटो गर्नुपर्नेबताए ।

स्थानीय तहको निर्वाचन चैत्रमा नभए संविधान कार्यान्वयन मै चुनौति हुने र स्थानीय तहको निर्वाचन नभएर राष्ट्रिय सभाको निर्वाचन नहुने भएकोले त्यसका लागि पनि छिटो भन्दा छिटो सिफारिस गर्नुपर्ने णध्यता भएको बताए ।

सदस्य शाहले स्थानीय तहका बारेमा जानकारी दिदै आफ्नो ऐन नियम कानुन आफै बनाउन पाउने अधिकार स्थानीय सरकारलाई हुने भएकोले आवश्यत्ता नुसारको ऐन बनाउन सकिने फाईदा रहेको बताए ।

स्थानीय तह निर्धारण गर्दा जनसख्या र भौगोलिक क्षेत्रफललाई विशेष रुपमा लिईएको छ ।

डोल्पा जिल्लाको कुल क्षेत्रफल करिब ८ हजार वर्गकिलोमिटर रहेको र त्यहा ८ वटा स्थानीय तह निर्धारण गरिएको छ ।

यस्तै स्वायक्त सरकार हुनका लागि कुनै मुल जातिको ५० प्रतिशत भन्दा बढी सघन बसोवास भएको हुनुपर्ने र क्षेत्रफलका हिसाबमा १ हजार वर्ग किलोमिटर हुनुपर्ने सामान्य प्रावधान रहेको छ ।

संविधानले सुनिनिश्चित गरेका अधिकार प्राप्तीका लागि स्थानीय जिनकायको महत्वपूर्ण भूमिका रहने स्थानीय सरकार बलियो भयो भने जनता बलियो हुने भएकाले स्थानीय सरकार बलियो र राम्रो बनाउन अन्य सरोकारवालाहरुले सुझाव दिएका छन् ।

स्थानीय निकायको संरचना निर्धारण गर्दा वडा नटुक्रिने गरी र सेवा प्रवाहका केन्द्रका रुपमा विकास गर्न सकिने गरी गाउँपालिकामा ५ देखि २५ र नगरपालिकामा ९ देखि ३५ वडा रहने गरी स्थानीय तह निर्धारण गर्न सकिने ।

यस्तै कार्यक्रममा जिल्ला विकास समिति महासंघका केन्द्रीय अध्यक्ष ऋषिराज लम्सालीले अरुले दिएको वक्सिसले नभई आफ्नै पौरखले स्थानीय सरकार चलाउनुपर्ने बताए ।

अन्य बिकासक्षेत्रका तुलनामा मध्य र सुदुरपश्चिमाचल विकास क्षेत्र विकासका दृटिकोणले निकै संभावना भएका क्षेत्र भएको भन्दै उनले त्यही अनुसार स्थानीय सरकारको संरचना गर्न सुझाव दिए ।

कार्यक्रममा सहभागी भएका नेकपा पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री याँमलाल कडेलले नयाँ संरचना अनुसार अन्य प्रदेशको तुलनामा प्रदेश नम्बर ६ लाई समृद्ध र समुन्नत बनाउन सुर्खेत लगायत अन्य जिल्लाका नागरिक लाग्नुपर्ने बताए ।

देश पुनसंरचना हुने भन्ने कुरा सजिलो नरहेको र कसको राज्य चौतर्फी रुपमा मजबुत हुने भन्ने कुरामा सकरात्मक प्रतिस्पर्धा गनुपर्ने भएकाले सुर्खेतमा स्थानीय तहको संख्या कम गराउन सकिने उनको भनाई छ ।

niraj-shahaकार्यक्रम सुर्खेतका स्थानीय विकास अधिकारी अमृत लम्सालको अध्यक्षतामा सम्पन्न भएको हो ।