२०८१, १५ चैत्र शनिबार

युवा शक्ति र राष्ट्रिय परिस्थिती

14826225_1164541363614645_993220873_nअहमकार उत्साह उमंग र उर्जाले भरिएको शरिर, थोरै निराशा थुप्रै आशा अनी दृढ विश्वासले भरिएको मस्तिष्क , समाज रुपान्तरणको संवाहक देशनिर्माणको कर्णधार उमेरका हिसाबले बाल्य अवस्था पार गरिसकेको र प्रौढअवस्थामा नपुगेको जुझारु मानिसको तप्का युवा हो ।

युवासँग थुप्रै जीवित सपनाहरु हुन्छन । त थुप्रै सम्ंभावना अनि चुनौती हरुपनि । तातो रगतले युवालाई कठिनाईसँग जुध्न सक्ने सामाथ्र्य पैदा गरीरहेको हुन्छ ।

त्यसैले युवालाई समयमै सहि मार्ग दर्शन गर्न सकियो भने मात्र मुलुकको समवृद्धि सम्भव छ ।

सञ्चार माध्याममा देख्ने र पढ्ने गरिन्छ सम्वृद्धिका दिसामा अघि बढी रहेको हाम्रो छिमेकी राष्ट्र चिनमा युवाहरु व्यस्त नभए कार्बाही गरिन्छ ।

नेपालको जतिकै भूगोल अनि नेपालको जतिनै जनसंख्या भएको उत्तरकोरीयाका राष्ट्रपती किमजोङले विश्वमा साम्रज्य जमाएको अमेरीकालाई बेलाबखत तर्साउने गर्छन । कठोर शासक मानिने किमजोङले आफ्नो आलोचना गर्न केही युवाहरुलाई छुट दिएका छन ।

राष्ट्रको उन्नती र युवाहरुको भविष्य त्यो राष्ट्रको राजनितीले निर्धारण गर्नेहुन्छ । राजनीति सम्पुर्ण नितिहरुको मुल निती हो । अर्थात आजको दुनियामा समाजका आफ्नै भौगोलिक आर्थिक,साँस्कृतिक सामाजिक,कुटनैतिक र मनोबैज्ञानिक बिशेषताहरु विद्यामान हुन्छन । यिनै बिशेषतालाई समय सापेक्ष प्रगतिशिल गति प्रदान गर्न महत्वपुर्ण भूमिका भएको निर्देसित सिद्धान्तलाई आधार बनाई समाज र देश हाँक्ने निति नै राजनिति हो ।

अहिले नेपाली जनमानसमा राजनिती प्रर्ती घृर्णा र निराशा पैदा हुदै गईरहेको छ । यति सम्मकी बाबुआमाले आफ्ना छोरा छोरीलाई राजनितिबाट टाढा राख्न अनेक प्रत्यन गर्छन राजनितीको परिभाषा नै उल्टिएको छ ।

राजनितिलाई ठेक्कापट्टा,गुण्डागर्दी लुटपाट गर्ने अपराधीहरुको अखडा मानिदैछ । यो वर्तमान राजनैतिक शक्तिले नेपाली जनतालाई दिएको उपाहार हो ।

नेपालको राजनैतिक ईतिहाँसमा हरेक पटकका आन्दोलनमा युवाहरुको सक्रिय सहभागिता रहदै आएको छ ।

थुप्रै युवाहरुको रगतले नेपाली माटोमा भिजेको छ ।

चाहे जाहानीय राणाशासन विरुद्धको क्रन्ति होस ,चाहे पंचायती निरङकुश व्यबस्थाको विरुद्धको आन्दोलन होस चाहे राजतन्त्र को अन्त्य गरी गणतन्त्रको स्थापनाका लागी गरिएका क्रान्ति , युवाहरुको समर्पण बिना संम्भव थिएन । नेपालका सबै राजनैतिक दलहरुले अघि सारेका आ आफ्ना एजेण्डाहरु र आन्दोलनमा युवाहरुलाई व्यापक प्रयोग गर्दै आएका छन ।

हो युवाहरुको सहाभागिता बिना कुनै पनि परिवर्तन सम्ंभव छैन । युवा शक्ति नै परिवर्तनका संवाहक हुन । आन्दोलनका अस्त्र हुन । क्रान्तिका हतियार हुन तर राजनैतिक चेतना जिम्मेवारी वा कर्तव्य बोध बिना प्रयोग गरिनु गलत हो ।

यो युवालाई भय्राङ बनाएर सत्ता प्राप्त गर्ने र त्यसैमा रमाउनेमात्र खेल हो । हामी देखिरहेका छौ युवाहरु चुनावी प्रचारमा मात्र प्रयोग गरीएका छन ।

एक छाक रक्सी र मासुमा कैयौ युवाहरु बिक्रि रहेका छन । बेरोजगार र अभावमा छट्पटिरहेका युवाहरुको कमजोर परिस्थितिलाई बुझेर जागिर दिलाई दिने बाहानामा श्रम लुट्ने दलाली गर्ने र युवा तस्कर गर्ने काम समेत राजनैतिक दलका मान्छेहरुले गर्दै आईरहेका छन ।

त्यसैले गलत राजनितिको अन्त्य तथा दक्ष राजनैतिक वैकल्पिक नेतृत्वका लागी युवाहरुले राजनैतिक चिन्तन र चासो तथा गहिरो अध्ययानमा ध्यान दिनुपर्ने हुन्छ ।

प्रगतिशिल अग्रगामी राजनैततिक शक्तिले युवाहरुलाई अध्ययानशिल र चेतनशिल र दक्ष राजनैतिक कर्मी बन्न प्रेरणा दिनु पर्छ ।

दक्षजनशक्तिको अभाव देखाउदै देशको पा्रकृतिक श्रोत साधनलाई सरकाले विदेशीलाई सुम्पिने काम गरीरहेको छ । आफ्नै लगानीमा र सस्तो लागतमा सम्पन्न गर्न सकिने माथिल्लो कर्णाली लगायतका विभिन्न आयोजनाहरु सीमित व्यक्तिहरुको स्वार्थमा महङगो मुल््यमा विदेशी कम्पनीलाई दिईदैछ ।

नीजीकरण तथा उदारीकरणका नाममा देशमा भएका ठुल्ठुला राष्ट्रिय उद्योगहरु पनि उनिहरुकै स्वर्थमा बन्द गरिएको छ । दैनक हजारौ युवाहरु बेरोजगार र अभाबमा छटपटिदै विदेश पलायन भैरहेका छन । देशका पचास लाख उर्जा शक्ती देशबाहिर छन ।

बाँकी रहेका युवाहरुपनि कुनै उत्पादनमा लाग्न सकिरहेका छैनन । आज नेपाल अन्तराष्ट्रिय बजारमा सस्तो मजदुर उत्पादन गर्ने कारखाना बनेको छ ।

गाउँघरमा जग्गा बाँझो बनाएर बालबच्चा पढाउने नाममा श्रीमतीहरु शहर पस्द ैछन । शहरका हरेक गल्लीहरुमा दलाल र म्यानपावारको विज्ञापन हुन्छ ।

समथर खेतीयोग्य जमिन टुक्राएर गिटीर बालुवा थुपारीएको हुन्छ । जहाँ बस्ती छैन त्यहाँ झिलीमिली बत्ती बालिएको हुन्छ ।
खानेपानीका पाईपहरु बिछ्याईएको छ, ।

बाटो कालोपत्रे गरिएको छ । जसले मेहनत गर्दैनन तिनीहरु आलीसान घरमा बस्छन । सुविधा जनक गाडीमा सवार गर्छन ।
जहाँ युगौ देखिको बाक्लो बस्ती छ त्यहाँ बिजुलीबत्ती छैन । ,खानेपानि को अभावमा दुषित पानी पिउन बाध्य छन ।

, बाटो छैन बिरामी पर्दा अस्पताल लैजान सक्ने साधन छैन । यस्ता असमानता र विकृतिलाई सरकारले न्यूनिकरण गर्नुको सट्टा थप प्रोत्साहन गरिरहेको छ ।

युवाहरुलाई आफ्नै देशमा उत्पादनको क्षेत्रमा प्रयोग गरी सोरोजगार बनाउनुको सट्टा सरकार आफैले श्रम सम्झौता र स्वीकृतिको बाहानामा युवा शक्तिलाइ अन्तराष्ट्रिय बजारमा कौडीको भाउमा बेचिरहेको छ ।

यसले युवाहरुको भविष्य र समृद्ध राष्ट्रको सपना माथि गम्भिर प्रशन खडा गरेको छ ।
युवाहरु उत्पादनका शक्तिहुन त्यसैले उनीहरुलाई बेलैमा उचित ज्ञान र सिपको आवश्यकता पर्छ । उनिहरुमा अध्ययान अनुसन्धान गर्ने बानीको विकास हुनुपर्छ ।

हरेक क्षेत्रमा चासोकासाथ लाग्ने बानीको विकास हुनुपर्छ । निराशालाई हटाएर आशाका किरणहरु पलाउने वातावरण हुनुपर्छ ।
नैतिक शिक्षाको उल्यखनीय ज्ञान हुनुपर्छ । देशको माटोको माया हुनुपर्छ ।

राष्ट्रिय अन्तराष्ट्रिय परिस्थिति बुझ्नसक्ने क्षमताको वृद्धि गर्नुपर्छ । सरकारले शैक्षिक क्षेत्रमा ठुलो लगानी गरेको छ । तर प्रतिफल प्राप्त गर्न सकेको छैन ।

किनकी आज चाहेको क्षेत्रमा दक्षता हासिल गर्नका लागी धेरै नेपाली जनताका छोरा छोरीलाई फलामको चिउरा चपाएजस्तै भएको छ ।

कोही सम्पन्न परिवारले आफ्ना बालबच्चालाई चाहेको शिक्षा दिन सकेपनी धेरै जनताको अवस्था त्यो अवस्था रहन्न ।
त्यसैले सबैलाई समान ढ्गले लाग हुने व्याबहारीक र सुलभ शिक्षा पद्धति लाग  हुनु आवश्यक छ । जब सम्म युवाहरुमा दक्षता हुदैन र सरकारले सही परिचालन गर्दैन तब सम्म मुलुकले कोल्टो फेर्न सक्दैन ।