२०८१, २१ बैशाख शुक्रबार

‘जनताको पैसामा पारदर्शिता र विकास निर्माणमा गुणस्तर कायम हुन्छ

भर्खरै सुर्खेत आएका स्थानीय विकास अधिकारी लम्सालले भने,

14812906_1234415553288285_1003373537_oकात्तिक  । सुर्खेतका स्थानीय विकास अधिकारी अमृत लम्सालले जिल्लाको विकासमापारदर्शिता र गुणस्तर कायम गर्ने प्रतिबद्धता जनाएका छन् ।

भर्खरै सुर्खेत आएका लम्सालले भने, ‘‘ढुक्क हुनुस्, मेरो कार्यकालमा मसुर्खेतको समग्र विकास गर्न प्रतिबद्ध छु, गरिने विकासमा पारदर्शिताका लागि पनि सचेत छु । ’’

अधिकारी लम्सालले जनताको कर सङ्कलन गरेर राज्यले गर्ने विकास जनताकै लागि भएका कारण् ा जनताले चाहेजस्तै गुणस्तर हुनुपर्ने र जनता सन्तुष्ट हुनुपर्नेमा जोड दिए ।

जिल्लामा यहाँभन्दा अगाडि भईरहने अपारदर्शिता र विकासमा हुने राजनीतिकरण आफ्नो पालामा दोहोरीन नदिने लम्सालको प्रतिबद्धता छ ।

 जिल्लामा हुने विकास निर्माणका काम समयमै सम्पन्न हुनेमा आफूले आशा व्यक्त गरेको लम्सालको भनाइ छ ।

उपभोक्ताहरूले गर्ने काम गुणस्तरीय, छिटो र पारदर्शी गराउन काम सम्झौता गर्दा निश्चित शर्त पालना गर्नुपर्ने गरी आफूले सम्झौता गर्नेसमेत लम्सालले जानकारी दिए । लम्सालले यहाँका राजनीतिक दल, गैर सरकारी संस्था र नागरिक समाजसँग मिलेर जाने भन्दै आफूलाई सहयोग गर्नसमेत सबैसँग आग्रह गरे ।

सुर्खेत जिल्लामा विकास र सकारात्मक कामका लागि जतिसुकै छलफल, अन्तक्रिया गर्न मिल्ने तर विवाद गर्न चाहीँ नमिल्ने लम्सालको भनाइ छ ।

लम्सालले जिल्ला निकट भविष्यमै ६ नम्बर प्रदेशको राजधानी हुने भन्दै यसका लागि अहिलेदेखि नै आधारहरू तय हुनुपर्नेमा जोड दिए ।

लम्सालले राजधानीका लागि गर्नुपर्ने कैयौं काम बाँकी रहेको भन्दै त्यसमा एकताबद्ध भएर लाग्नसमेत सबैलाई आग्रह गरे ।

स्थानीय विकास अधिकारी भएर यहाँ आएपछि जिल्लाका राजनीतिक दल,गैर सरकारी संस्था तथा अन्य सरोकारवालाहरूसँग छलफल र अन्तरक्रिया गरेका लम्सालले बुधबार सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरेका हुन् ।