२०८१, ८ बैशाख शनिबार

मप विश्वविद्यालय र जिण्डालबीच समझदारी

mu-photo-1यहाँको सुर्खेतमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालय र भारतको हरियाणामा रहेको ओपी जिन्डाल ग्लोबल विश्वविद्यालयबीच समझदारी भएको छ ।

विद्यार्थी आदानप्रदान, फ्याकल्टि आदानप्रदान, बिशेषज्ञ आदानप्रदान,संयुक्त अनुसन्धान कार्य, परियोजना कार्य, क्षमता विकास सम्बन्धी तालिम, सेमिनार, सम्मेलन आदिको आयोजना गर्ने

गरी समझदारी पत्रमा दुई विश्वविद्यालयका उपकुलपति स्तरमा द्विपक्षीय आपसी समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी पत्रमा ओपी जिन्डाल ग्लोबल विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. एस. आर मुर्ति र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लको समेत हस्ताक्षर रहेको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइराला, रजिष्ट्रार डा. महेन्द्रकुमार मल्ल, सचिवालय सदस्य यदुप्रसाद ज्ञवाली र उपकुलपतिका स्वकीय सचिव दिलिप भट्टराई भारतमा रहेका विश्वविद्यालयहरूसँग समझदारी पत्रमा हस्ताक्षर गर्न भारत भ्रमणमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले जनाएको छ ।