२०८१, २१ बैशाख शुक्रबार

कुपिण्डे दहमा पर्यटनको आकर्षण बढ्दै

kupindeसल्यान, कात्तिक  । नेपालकै सुन्दर मानिएको कुपिण्डे ताल (दह) पछिल्लोसमय पर्यटकको आकर्षक गन्तव्यबन्न थालेको छ ।

पछिल्लो समय सामाजिकसञ्जालमा र स्थानीय सरोकारवालाहरूले दहको प्रचार–प्रसार गर्न थालेपछि यो दह आन्तरिक पर्यटकको गन्तव्य बन्न थालेको हो ।

स्थानीय सरोकारवाला हरूले अनलाईनबाट समेत तालको प्रचार– प्रसार गरेपछि आन्तरिक पर्यटकहरू बढेको सरोकारवालाले बताएका छन् ।

अहिले कुपिण्डे ताल हेर्नेहरूको घुइँचो लाग्ने गरेको छ । सल्यान सदरमुकामबाट २० किलोमिटर टाढाभए पनि कच्ची सडक सञ्जाल जोडिएकोले यातायातमा सहजता भएपछि कुपिन्डे ताल हेर्नेको लागि संख्या दिन प्रतिदिन बढेको छ ।

जैविक विविधतायुक्त र प्राकृतिक सुन्दरताले भरिपूर्ण कुपिन्डे दह सुन्दर छ, तर भौगौलिक असहजताले केही कठिन भएपनि अहिले पर्यटकहरू बढेको कुपिण्डेताल संरक्षण तथा पर्यटन विकास केन्द्रका अध्यक्ष झरेन्द्र कवरले जानकारी दिए ।

‘‘यहाँ धेरै अभावहरू छन् तर अहिले प्रचार–प्रसार भएकोले पर्यटकको गन्तव्यका रूपमा यसको विकास भएको छ,’’ उनले भने, ‘‘स्थानीय स्तरबाट हामीले गर्ने प्रयास पनि गरिरहेका छौँ ।

’’पर्यटकहरू बढेपनि त्यहाँ बाँस बस्नको व्यवस्था नभएकाले बाँस बस्नाको लागि २० किलोमिटर टाढा सदरमुकाम खलंगा र सुर्खेतसँग जोडिएको १६ किलोमिटर टाढा बालुवा संग्रहीबजार आउनुपर्ने बाध्यता छ ।

अध्यक्ष कवरले अहिले पर्यटकको संख्या बढेपछि आवश्यक सुविधा दिनसमेत कठिन हुने गरेको बताए ।

‘‘खान बस्नको व्यवस्था गर्न सकिएको छैन, ’’ अध्यक्ष कवरले भने, ‘‘पर्यटकहरूको संख्याबढेपनि बस्नको लागि कि त खलंगा कि त बालुवासंग्रही जानुपर्ने बाध्यता छ ।

’’कुपिण्डे क्षेत्रमा राम्रो होटेलको व्यवस्था गर्न सकिए पर्यटकको संख्या अझ बढ्ने उनको भनाइ छ ।

कुपिन्डे तालमा पर्यटकहरूलाई बिजुली बत्ती र इन्टरनेटको सुविधान दिने, पर्याप्त होटलहरू सञ्चालन गर्न सके त्यहाँको पर्यटन विकास धेरै सम्भावना भएको उनको भनाइ छ ।

हिउँद होस् वा वर्षा कुनै पनि सिजनमा कुपिन्डे दहको सुन्दरतामा कमी हुँदैन । मौसम अनुसार रङ फेर्नु, कुपिन्डे दहको वरिपरि घना जङ्गल भए पनि दहमा एउटा पनि झारपात नहुनु यसको विशेषता रहेको छ ।

यस तालमा पर्यटकहरूलाई मनोरञ्जनको लागि अहिले तीन वटा डुङ्गाको व्यवस्था गरिएको छ । यसले पनि केही

पर्यटकहरू तानेको छ । पर्यटकहरू कोही डुङ्गा शयरमा मस्त देखिन्छन् त, कोही सेल्फी खिच्नमै व्यस्त भेटिन्छन् । खास गरेर रमाइलो गर्ने र विशुद्ध प्राकृतिक आनन्द लिने पर्यटकको रोजाइ कुपिण्डे बनेको छ ।

कुपिण्डे ताल हेर्नेको संख्या दशैंतिहारको बीचमाअत्यधिक बढेर दैनिक एक सय भन्दा माथि पुगेको अध्यक्ष कवरले बताए ।

kupindeशनिबारको दिनमा तीन सय भन्दा बढी पर्यटक आउने गरेको उनको भनाइ छ । विशेषगरी सुर्खेत, जाजरकोट,रूकुम, दाङ, बाँके र बर्दियालगायत देशका अन्य विभिन्न ठाउँहरूबाट ताल हेर्न आउने गरेको डुङ्गा चालक
धनबहादुर पुनले बताए ।