२०८१, २१ बैशाख शुक्रबार

अध्ययन केन्द्रको साधारणसभा

सुर्खेत, । वीरेन्द्रनगर नगरपालिका–१ मा रहेको बाङ्गेसिमल सामुदायिक अध्ययन केन्द्रको दोस्रो वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष रगवीर विश्वकर्माको सभापतित्व तथा जिल्ला शिक्षा कार्यालय सुर्खेतका स्रोत व्यक्ति लोकबहादुर खत्रीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथी खत्रीले समुदायको आवश्यकतामा आधारित कार्यक्रमहरू र योजनाहरू निर्माण गरी कार्यान्वयन गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा जनकल्याण सहकारीका अध्यक्ष टीका अधिकारी, सरस्वति प्राविका प्राध्यानाध्यापक बाटुली अधिकारी, एमालेका प्रतिनिधी केशव सुवेदी, काँग्रेसका नवल गिरी लगायतले आफ्नो भनार्य राखेका थिए ।

साधारणसभाले सिएलसीको ४ लाख एक हजार ९ सय १२ रूपैयाँ बराबरको आयव्यय पारित पनि गेको छ । भवन निर्माण, विद्यालय छाडेका बालबालिका लक्षित कार्यक्रम, निरक्षर साक्षर कार्यक्रम, महिला समूह सञ्चालन, च्याउखेती, तरकारी खेती, माहुरीपालन, सरसफाई व्यवस्थापन कार्यक्रम लगायतका आगामी कार्यक्रमहरू पनि पारित गरेको छ ।