२०८१, ७ बैशाख शुक्रबार

५ दिने मनोविमर्श तालिम सुरु

सुर्खेत,  । बैनी शिक्षाका लागि दिदी कार्यक्रम, सुर्खेतको आयोजनामा मंगलबारदेखि दुईवटा तालिमको आयोजना गरिएको छ । कार्यक्रमले ५ दिने मनोसामाजिक परामर्श तालिम र ३ दिने बालअधिकार संरक्षणसम्बन्धी तालिमको आयोजना गरेको छ ।

ग्लोबल फाउण्डेसनको सहयोगमा गरिएको मनोपरामर्श तालिमले जिल्लामा केही समय अगाडिदेखि विद्यालयमा छात्राहरू बेहोस हुने समस्या समाधानमा सहयोग पुग्ने आशा गरिएको छ ।

तालिममा जिल्लाभरीका समस्या देखिएका विद्यालयहरूबाट महिला शिक्षिका तथा अन्य तालिममा सहभागी छन् । त्यस्तै, जिल्लाको बालबालिकाको अधिकारका लागि नीति निर्माण गर्न सहयोग होस् भन्ने दृष्टिकोणले बालअधिकार संरक्षणसम्बन्धी तालिमको आयोजना गरिएको आयोजक संस्थाका यादव भुषालले जानकारी दिए ।

तालिमको उद्घाटन गर्दै सुर्खेतका जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले व्यवहारिक शिक्षा र शिक्षण सिकाई उपलब्धि हाँसिल गर्न यो तालिमले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

शाहले विद्यालयमा बालबालिकाका लागि शैक्षणिक वातावरण गराउन र नीतिगत हिसाबमा बालबालिकाको क्षेत्रमा संवेदनशिल हुनसमेत तालिमले सहयोग गर्ने बताए ।

जिल्लाभरी बैन शिक्षाका लागि दिदी कार्यक्रम सञ्चालन भएका विभिन्न विद्यालय, जिल्ला शिक्षा कार्यलय, सरोरकार राख्ने विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधिहरू समेत सहभागी छन् ।