रामघाटमा भूपेन्द्र स्मृति कप सुरु
सुर्खेत,। भेरीगंगा नगरपालिका–१४ को रामघाटमा भुपेन्द्रस्मृति कप फ्टबल प्रतियोगिता सुरू भएको छ । शिखर युवा समाज,
रामघाटको आयोजनामा प्रतियोगिताको सुरू भएको हो ।
समाजका सदस्य भुपेन्द्र चन्दको सम्झनामा आयोजना गरिएको प्रथमभुपेन्द्र स्मृति कपको उद्घाटन मध्यपश्चिम खेलकुद विकास समितिका सदस्य तथा नेपाल खेलकुद महासंघ प्रदेश नं. ६ का इञ्चार्ज, नेपाल बेस बल तथा नेपाल सफ्ट बल संघका वरिष्ठ उपाध्यक्ष ई.प्रदिप खत्रीले गरेका हुन् ।
प्रतियोगिताको उद्घाटनपछि बोल्दै.खत्रीले अब गाउँ–गाउँबाट खेलाडीहरू उत्पादन गर्नुपर्ने बताए ।खेलले नै नेपाललाई चिनाउने भन्दै नेपाली शीर उच्च गराउनका लागि खेलाडीहरू उत्पादन गर्नुपर्ने बताए ।
प्रमुख अतिथिसमेत रहेका खत्रीले आफ्नो जन्म भूमिको युवा भएकोले दश हजार नगद सहयोगसमेत गरेका थिए । कार्यक्रममा भेरीगंगा नगरपालिकाका प्रतिनिधि नविन काफ्ले, नेपाली काँग्रेस,सुर्खेतका सदस्य रामबहादुर सिंह, नेकपा (एमाले सुर्खेतका सदस्य टिकारामसुवेदी, शिखर उच्च मावि रामघाटका शिक्षक जयबहादुर खड्का, शिखर बचत तथा ऋण सहकारीका खड्क चन्द लगायतले आफ्नो भनाइ राखेका थिए ।
शिखर युवा समाजका संयाजक दीर्घराज वलीको सभापतित्वमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।प्रतियोगितामा फुटबलतर्फ १२ र ब्याडमिन्टनतर्फ ९ वटा टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।
फुटबल प्रतियोगिताको बिजेता टिमले २५ हजार एक, उपबिजेताले १५ हजार एक र ब्याडमिन्टनको बिजेता टिमले ७ हजार एक र उपविजेताले ५ हजार एक रूपैयाँ नगद पुरस्कार तथा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा प्रमुख रेफ्रि खगेन्द्र माझी रहेका छन् ।