मप क्षेत्रीय अस्पतालमा बिरामीहरु भन्छन– मलाई के भएको छ भन्ने थाहा पाउन चार दिन लाग्छ
सुर्खेत, । ‘‘कति सोध्नु,राम्रोसँग के भएको हो त्यो पनि भन्दैनन्,मलाई के भएको हो थाहा पाउनै यतिका दिन लाग्छ’’ मप क्षेत्रीय अस्पताल, सुर्खेतमा एक जना महिला यसरी गुनासो गरिरहेकी थिइन् ।
उनी जस्तै धेरैको गुनासो यस्तै हुन्छ । अस्पतालमा बिरामीले आफूलाई के भएको हो भनेर थाहा पाउन तीन÷चार दिन कुर्नुपर्न बाध्यता भएको गुनासो गरेका छन् ।
मध्यपश्चिमाञ्चल विकास क्षेत्रकै ठूलो अस्पताल भन्नेबित्तिकै जोकोही पनि राम्रै उपचार हुन्छ भन्ने आशमा उपचार गराउन धाउने गर्छन् । तर त्यहाँ आएका बिरामीहरूले भने सोचेजस्तो उपचार नै नहँुदा खिन्न भएर अन्य अस्पतालमा जान बाध्य हुने गरेको बताएका छन् ।
दैलेखबाट उपचार गराउन क्षेत्रीय अस्पताल आएको तीन दिन भइसकेको छ । आफूलाई के बिराम लागेको हो भनेर उनलाई थाहा छैन । ‘‘सरकारी अस्पताल त भन्ने मात्रै रैछ, रूपियाँ खाने मात्रै,’’ उनले भनिन्, ‘‘यो भन्दा त बरू दैलेख मै ठीक छ ।’’
धेरै बिरामीहरूले यस्तै आंकलन गर्ने गरेका छन् । उनले थपिन्, ‘‘रिपोर्ट अझै आएको छैन, होटेलमा खाएर बस्नुपरेको छ, खर्च भईसक्यो, यो त सरकारी भन्ने मात्रै रूपियाँ खान बसेका डाक्टरहरू, यो भन्दा त बरू हाम्रै दुल्लुमा सस्तो पनि छ, छिटो पनि छ ।’’
यस्तै चन्द्रकला र ललिता विक (आमा छोरी) अस्पताल आएको तीन दिन भईसक्यो । उनीहरूलाई पनित्यस्तै समस्या छ । ‘‘टाढाको मान्छेखर्च धेरै भईसक्यो, छिटोछरितो गरेर पठाईदिएको भएहुन्थ्यो,
सरकारी अस्पताल के लागि हो त ?’’ उनीहरूले प्रश्न गरे, ‘‘हामी टाढाबाट आएकालाई छिटो गरिदिने होईन र ? यो सरकारीअस्पताल केका लागि हो ? ’’ अस्पतालकै हातामा यस्ता गुनासो गर्ने बरामहरू धेरै थिए ।
कतिपय बिरामीहरूले धेरै दिनडाक्टरलाई कुर्दाकुर्दा उपचार नगराएरघरतिर फर्किने गरेका छन् । सस्तोमा उपचार हुने र छिटो हुने आशामाआएका बिरामीहरूले सेवा सर्वसुलभ र छिटो नभएको भन्दै गुनासो गर्ने गर्दछन् । अस्पतालमा भेटिएकी एक जना महिलाले डाक्टरको हेलचेक्र्याँइकै कारण आफ्ना बच्चाको ज्यानसमेत गएको आरोप लगाइन् ।
बिरामीहरूका यस्ता गुनासोका बारेमा मप क्षेत्रीय अस्पताल, सुर्खेतका निमित्त प्रमुख डाक्टर डम्बर खड्काले भने कसैले कम्प्लेन गर्दैमा अस्पतालले सेवा नै नदिएको भन्ने नहुने बताए ।
‘‘एक जना मान्छेले कम्प्लेन गर्दैमासेवासुविधा नै छैन भन्नु भएन, संसारभरी नै रिपोर्टको समय त्यही नै हुन्छ, ’’ उनले भने, ‘‘केही सेवा सुविधाको लागि समय लाग्छ कुर्नुपर्ने हुन्छ, कोही मर्छन्, अब कोही सञ्चो नै नहुने बिरामी रहेछ भने त मर्ने बिरामीलाई हामीले के नै गर्न सक्छौँ र ? यहाँ गर्न सक्नेलाई हामीले गर्छौँ, भन्छौँ र कहिले रिफर गर्नुपर्ने भए हामी त्यो पनि गर्छौँ ।’’