२०८३, १७ असार बुधबार

तारा ढकालको आत्मा कथा

11230722_130253647322608_4686822701218699448_n‘जीवन एउटा संघर्ष हो त्यही संघर्ष गरेर समाजमा नयाँ कामको थाल्नी गर्नुपर्छ’’
जीवनको अर्थ के हो ? कसरी जीवनमा उद्दशेय, पूर्णता र सन्तुष्टी पाउन सकिन्छ ? कसरी कुनै अन्तिम अन्तरनिहित प्राप्त गर्न सकिन्छ । धेरै मानिसहरुले यस्ता प्रशनहरुको बारे सोच्न कहिल्यै छोडदैन्न । अचम्म मान्ने गरको छन । सम्बन्ध टुटेको रितिएको महसुस गर्छन । तर हाम्रो मानवीय समाजमा मानिसहरु अनैकौ कुराहरुको पछि लाग्छन ।


यो सोचेर तिनीहरु समाजसेवा को जरुरत पर्छ । जीवन संघर्षको एक महत्वपूर्ण पाटो हो मनका व्यथा मनमा राखी के गर्न अरुलाई सुनाएर भाग्यको लगाम तान्नु छ । कहिले हाम्रो विश्वास अरुलाई दिलाएर समयको घन्टी कहिले बज्ने नै हो त्यो आवाज सुनौला कालो रात पछि बाँच्नको लागि संघर्षको पाइला उठाउदै सामजसेवामा हुलिदै अथाहा संघर्षशील व्यति हुन ।

गोर्खा जिल्ला खोपलाङ्ग गाविस वडा न २ शिवालिङ्गडाँडा बुवा मोती प्रसादढकाल र आमा मधुमाया ढकालको ६ सन्तान मध्ये चार दाजु र दुई एक दिदी एक बहिनी रहेको परिवारको कान्छी छोरी हुन । वि.स २०४१ साल फागुन २५ गते तारा ढकालको जन्म भएको थियो ।

सानैदेखि उनी अपाङ्गता भएरै नै जन्मिइन । सानैदेखि संर्घषशील ढकाल मायालु र दयालु थिइन । उनको बाल्यकाल गोर्खामै बितेको थियो । घरपरिवारबाट सारै माया मर्मतामै हुकिएकी थिइन । उनको बाल्यकालको अध्ययन आफ्नै गाँउको शिवशक्ति प्राथामिक विद्यालय खोपलाङ्गबबाटै कक्षा ५ सम्म सुनेकै भरमा पढेकी थिइन ।  कक्षा ६ मा शारदा मावि चापाभ्याज्ङ्ग गोर्खा पढिन भने कक्षा ७ बाट काठमाडौको ल्यावरेटररी उच्च माध्यामिक विद्यालय अध्ययन गरेकी थिइन ।

उनले कक्षा ७ मा आएर मात्रै क, ख लेख्न सुरु गरेकि हुन् । त्यो भन्दा अधि सुनेकै भरमा अध्ययन गरिन । कक्षामा अध्ययन गर्दा लेख्न पनि आउदैन थियो । उनी सर्घषशील भएर अध्ययन गर्दा गदै ब्रेनलिपीबाट पढने मौका पाइन उनी निरन्तर पढदै गइन । कक्षा ७ बाटै काठमाडौको ल्यावरेटरी विद्यालय वि।स २०५७ सालमा दृतिय श्रेणीबाट एस।एल।सी उत्तीर्ण गरेकी थिइन । कक्षा ११ र १२ सम्म जनमैत्री बहुमुखी क्याम्पस कुलेश्वरबाट पास गरेकी उनी बिएड महेन्द्ररत्न क्याम्पस ताहचल कालिमाटीबाट बिएडसम्म अध्ययन गरेकी थिइन भने कक्षा ७ देखि बिएडसम्म जापन एसोसियन संस्थाबाट छात्रावृती पढेकी हुन ।

उनको अध्ययनमा प्रेरणादायी सहयोग उपेन्द्र देवकोटा र बाचसपति देवकोटाबाट प्राप्त भयो । बिएडको अध्ययन सर्किए पछि समाज सेवामा वि।स २०५९ सालमा नेपाल नेत्रहिन संघ काठमाडौमा अपाङ्ग क्षेत्रमा आफुले जाने सुनेका कुराहरुको बारेमा जानकारी दिने काम गदै आएकी थिइन । यसमा विरेन्द्र राज पोखरेल र सुगम भट्टराई बाट प्रेरणा पाएकी थिइन । वि।स। २०६७ साल मंसिर ८ गते शिक्षण पेशाको शिलशिलामा सुर्खेत जिल्लामा आउनु भएकी तारा ढकाल वीरेन्द्रनगर ६, सुर्खेतमा रहेकको बाल मन्दिर प्रावि मा शिक्षक पेसामा आवद्ध हुनुभयो ।

उक्त विद्यालयमा अध्यापन गराउँदा उहाँले कुनै प्रकारको समस्या खेप्नु परेन । किनकि विद्यालयका प्राधानाध्यापक र शिक्षकहरुबाट धेरै सहयोग पाउँनु भयो । तारा ढकाल केवल शिक्षण पेशामा मात्र सिमित नरही उहाँ शिक्षण पेशा साथ साथै हरेक संघ संस्थामा आवद्ध हुनुहुन्छ हाल सम्म आवद्ध संघ संस्थाहरु नेपाल नेत्रहिन संघ सुर्खेतको सचिव, नेपाल नेत्रहिन संघ मध्यपशिचमाञ्चलको सदस्य, नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागमा सदस्य, ऋखिल नेपाल महिला संगठन सुर्खेकी सदस्य, सुर्खेत अपाङ समाजको सदस्य, लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठनको केन्द्रिय सदस्यमा राष्ट्रिय अपाङ्ग महा संघ माध्यमाञ्चल क्षेत्रको उपाध्क्ष्यमा काम गदै विभिन्न सामाजिक संघ संघसंस्थाहरुमा आवद्ध रहनु भएकी ढकाल यसै मात्र नभएर राजनीतिक आस्था पनि उतिकै रहेको छ ।

सुर्खेत आउदा राजनीतिकमा प्रेरणा दायी भुमिक मनुमाया ढकालले दिनुभएको बताउछिन । सामाकिजिक क्षेत्रमा काम गर्ने क्रममा जहरेमा एक जना पुरुषले एक जना महिलामाथी बलत्कार गरेको र त्यस व्यत्तिलाई समाजले केही गर्न नसकेको हुदा आफूले कार्वाही गर्न सफल भएको बताउछिन ।
उनी एमालेका कुनै पनि कार्यक्रमहरुमा उपस्थित भइरहन्छन ।

अहिले एमालेको वीरेन्द्रनगर वडा न ।९ की सदस्य पनि रहेकी छन । सानै देखि समाज सेवा काम गदै आएकी ढकाल आफू दृष्टिविहिन भएता पनि आफनै गाँउको विधालयमा अध्ययन गदागदै पनि विधालय स्तरिय बडामहारानीको जन्म उत्सवमा वतृत्वकलामा सारै रुचि राख्ने ढकालले वर्तत्वकलामा विधालय पथम भएकी हुन ।

यस्तै गरि दौड प्रयोगिता र ज्वालिङ्ग थ्रो प्रथम भएर गोल्डमेडल प्राप्त गरेकी थिइन । कक्षा ९ मान अध्ययनको गर्दा वतृत्वकालामा प्रथम भएर बडामहारानीको हातबाट पुरस्कर स्वरुप पाँच हजार सहित सम्मान पत्र पाएकी थिइन यति मात्र नभई दृष्टिविहीन महिलाहरुको नेतृत्व गदै र प्रेरणाको पात्र बन्दै वि।स २०६१ सालमा क्रिके्रट खेलको आयोजना गरेर दृष्टिविहिन खेल खेलाउन सफल भएकी थिइन ।

उनको जिवन खासै सुखसाथ भने बितेन समाजको अगाडी हिडनु हुदैन भन्ने सामाजिक परम्परा अनुसार घरमै बसि घरमा घरको खेत बारीमा काम गर्न सारै गाह्रो हुन्थ्यो तर आमालाई काम सघाई बस्छिन । तर घरपरिवार बाट सारै माया मर्मता पाएर होला । ढकाल बाल्यकाल साधारण तया बितेको बताउछिन । समाजसेवमा हिडदा अहिले मनमा दु।ख कष्ट बिसेको महसुस हुन्छ भन्नु हुन्छ ।

निरन्तर पाँच वर्ष भयो सामाजिक क्षेत्रमा काम गदै आएको सामाजिक क्षेत्रमा काम गर्न शिलशिलामा सुर्खेतमा मेहेलकुना अपाङ्घ गाँउ एकाई कमिटिबाट सम्मान पत्र पाएकी छन । यस्तै अपाङ्घ दिवसको अवसरमा उज्जवल बहुउद्देशिय सहकारी संस्थाबाट अपाङ्घ क्षेत्रमा काम गदै आएको भनेर सम्मान सहित प्रशंसा पत्र पाएकी हुन ।

हाल उनी सुर्खेत स्थित कालिञ्चोक आपनो एक जना भदनी पढाउदै आफू विधालयको शिक्षण पेशा सगँ सामाजिक क्षेत्रको काम मा सक्रिय रुपमा गदै हुनुहुन्छ । आफुलाई बजार तिर रोड क्रस गर्दा सेतो छडी प्रयोग गर्न गरेकी छन ।