२०८१, १६ चैत्र आईतवार

भाइबरमा नयाँ सुविधा

viber-555x335काठमाडौ । सोसल म्यासेजिङ एप भाइबारले तीन नयाँ सुविधा थपेको छ । एन्ड्रोइड र एप्पलका लागि सार्वजनिक गरिएको नयाँ भर्सनको भाईबरमा भाइबर म्यासेज ब्याकअप र रिस्टोर गर्न सकिने चलायनमान तस्विर९जीआइएफ० पनि पठाउन सकिने छ । अर्को आर्कषक सुविधाको रुप्मा भाइबरबाटै साथी र आफन्तलाई पैसा पठाउन सकिने छ ।

नयाँ सुविधा अनुसार अब भाइबरले पुराना सम्बादहरु सवै ब्याकअप गर्न सकिने सुविधा उपलब्ध गराएको छ । जसअनुसार प्रयोगकर्ताले एप्पल आइक्लाउड वा गुगल ड्राइभमा आफ्ना च्याट म्यासेजको सवै इतिहास ब्याकअप गर्न सक्नेछन् ।

अब भाइबरमा जीआईएफ अर्थात चलायमान तस्वीरहरु समेत पठाउन सकिने भएको छ । यसअघि धेरै म्यासेजिङ एपहरुले यस्तो फिचर ल्याइसकेका कारण भाइबरले ल्याउनु कुनै नौलो बिषय नभए पनि ह्वाट्एपजस्ता प्रतिस्पर्धीहरुले यस्तो सुविधा नल्याएका कारण अझै पनि भाइबर प्रयोगकर्ताले यसमा आनन्द लिन सक्छन् ।

भाइबरले मनी ट्रान्सफर सेवा सुरु गरेको छ । हाल अमेरिकाका प्रयोगकर्ताका लागि मात्र खुला गरिएको यो सुविधाबाट प्रयोगकर्ताले २ सय मुलुकमा वेष्टर्न युनियन मनी ट्रान्सफरमार्फत् पैसा पठाउन सक्नेछन् ।