२०८१, ३० कार्तिक शुक्रबार

आठबीस नगरपालिकामा ई–हाजिरी सेवा

सुर्खेत : दैलेखको आठबीस नगरपालिकाले इहाजिरी प्रणाली सुरु गरेको छ । सोम एक कार्यक्रमका बीच ईहाजिरी प्रणाली सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर शाहीले बताए ।
नगरपालिकाबाट प्रबाह हुने सेवा सुबिधालाइ थप प्रभाकारी र नियमित बनाउन ई– हाजिर संचालनमा ल्याइएको उनको भनाई छ ।
‘कार्यालयका कर्मचारीहरुलाइ समयको पालना गराउन तथा आफ्नो जिम्मेवारी प्रति थप जिम्मेवार र उनिहरुको उपस्थितिलाई पारदर्शी बनाउन र सेवा ग्राहिलाइ स्तरीय सेवा दिन नगरपालिकामा ई– हाजिरी जडान गरिएको हो ।’ उनले भने, ‘अनुशासन र समयको पालना गराउन र शुशानको पाटोलाइ थप मजबुत गराउन ई– हाजिर सेवाले बल पुर्याउने आशा गरेका हौं ।’
नगरपालिकाका प्रवक्ता वीरबहादुर नेपालीले अब देखि बिहान ठिक १०ः०० बजे कार्यालयमा उपस्थित भएर हाजिर गर्ने र घर जादा साझ ५ः००अनिवार्य हाजिर गर्नु पर्ने व्यवस्था मिलाइएको बताए ।
‘अबदेखि ई– हाजिरका आधारमा कर्मचारीहरुको तलब निकासा हुनेछ । अब केहि समय भित्रै नगरपालिका भरीका वडा कार्यालय,स्वास्थ्य संस्था, बिधालय लगाएत सरकारी तथा गैरसरकारी संस्थामा पनि ई– हाजिर सेवा जडान गर्ने नगरपालिकाको योजना रहेको छ ।’