सुर्खेत जनस्वास्थ्य कार्यालयद्धारा क्यान्सर पीडितलाई दिइयो यातायात खर्च, भौतिक भन्दा वित्तीय प्रगति धेरै
सुर्खेत: जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जिल्लाका एक सय १० जना क्यान्सर पीडितलाई यातायात खर्च दिएको छ । चालु आर्थिक बर्षमा एक सय १० जनालाई १० हजारका दरले यातायात खर्च उपलब्ध गराइएको हो । जनस्वास्थ्य कार्यालय प्रमुख गणेशभक्त गौतमका अनुसार सुर्खेतमा क्यान्सरको उपचार नहुने र क्यान्सर उपचारका लागि बाहिर जानुपर्ने बाध्यता छ । त्यसैले क्यान्सर पीडितहरुलाई सहयोग होस् भन्ने उद्देश्यका साथ उनीहरुलाई याता यातायात खर्चको व्यवस्थापन गरिएको हो ।
‘चालु आर्थिक बर्षमा ११ लाख रकम क्यान्सर पीडितको यातायात खर्चमा लगानी भएको छ ।’ उनले भने,‘हामीले प्रत्येक व्यक्तिलाई एक पटक रकम दिने गरेका छौं । यद्यपि आर्थिक अबस्था कमजोर भएकाहरुलाई भने दोहो¥यायर पनि यातायात खर्च दिने गरिएको छ ।’
उनका अनुसार क्षयरोग बिरामीहरुलाई दिएको पोषण तथा यातायात खर्च अन्तर्गत प्रति व्यक्ति मासिक ५ सयका दरले ६ महिनाको ३ हजारका दरले दुई लाख रकम उपलब्ध गराइएको छ ।
जनस्वास्थ्य कार्यालयले एमडीआर टिवी भएका बिरामिलाई समेत आर्थिक सहयोग गर्ने गरेको छ । चालु आर्थिक बर्षमा प्रति महिना ३ हजारका दरले चार लाख रकम टिवी (क्षयरोग) का बिरामीलाई रकम दिइएको छ । कार्यालय प्रमुख गौतमले भने,‘ आमा सुरक्षा कार्यक्रम अन्तर्गत आकस्मिक अवस्थाका गर्भवती तथा सुत्केरीलाई एम्बुलेन्स मार्फत अस्पताल पु¥याउने काम पनि भएको छ ।
त्यस्ता ६ जना महिलाहरुलाई ५१ हजार रुपैयाँ दिइएको छ । यस्तै महिला स्वास्थ्य स्वयंमसेविकालाई सम्मान जनक विदाई गर्दा दुई लाख ८० हजार खर्च भएको छ । गौतले जिल्ला जनस्वास्थ्यले चालु आर्थिक बर्षमा ९५ प्रतिशत भौतिक र ८५ प्रतिशत वित्तिय प्रगति गरेको बताए ।