घडीजस्तै नाडीमा बाँध्ने स्मार्टफोन आउँदै
काठमाडौ । अब नाडीमा बाध्ने घडी जस्तै स्मार्टफोन आउने भएको छ । लेनेभो मोबाइलले त्यस्तो मोवाईल ल्याउने तयारी सुरु गरेको हो । लेनेभो बिजनेस ग्रुपका सह अध्यक्ष एमार डी लेंक्वेसेंगले सन् २०२० सम्ममा मानिसको नाडीमा बाँध्न सकिने खालका लचिलो स्मार्टफोन बजारमा तयारीमा कम्पनी जुटेको खुलास गरेका हुन ।
कम्पनीले लेनेभो टेक वल्र्डमा यस्तो लचकदार फोनको प्रोटोटाइप पेश गरिसकेको छ । लेनोभो टेक वल्र्डमा चिनिया निर्माता कम्पनी लेनोभोले फरक फरक डिग्रीसम्म घुमाउन सकिने दुइवटा फोनका नमूना अर्थात डेमो पेश गरिएको थियो । यसमा ८ इन्चको एक ट्याबलेट थियो जसलाई पूरै आडधाआधाी मोड्न सकिन्थ्यो ।
अर्को स्मार्टफोन ४।२६ इन्चको थियो जसलाई मानिसको नाडीमा बाँध्न सकिन्छ । दुबै डिभाइसले गुगलको एन्ड्रोइड अपरेटिंग सिस्टममा काम गर्नेछन् ।