२०८१, १९ चैत्र बुधबार

माया भन्दा प्यारो मेरो पत्रकारीता

sabita-gcअहिले उसले बिहे गरेको पनि महिनौ बितिसक्यौ । मलाई थाहा छ अब हामि एकअर्काका हुन सक्दैनौ । उ आफ्नै हस्पीटलको संसारमा बिरामीको चेकजाच गर्र्दै बिताईरहेको छु अनि म आफ्नै पत्रकारीता पेशामार्फत भोका नाङ्गा अनि सर्वहाराका कथा बेचेर रमाईरहेको छु । उसलाई बिर्सन खोज्छु तर पनि उसलाई सम्झीरहन्छु । आई अलवेज मिस यु प्रकाश ।

जिन्दगीको के भर, कति दिन बाचिन्छ । कहिले अनि कसरी मरीन्छ त्यो केहि पनि थाहा छैन र हुदैन पनि । तर बाचुन्जेल हासेरै बाचौ भन्ने मेरो मान्यता हो । तर सोचेजस्तो कहा रैछर जीवन । कहिले मनमा पिर त कहिले दुख अनि पिडाका भारी । कहिले झेल्नै नसकिने बिछोडका पल त कहिले समय अघि नबढोस भन्ने खालका मिलनको पल । आजभोली त यस्तो लाग्छ कि मिलन बिछोड भन्नु जीवन जीउने पाटो हुन् ।

आजभन्दा करीब ४ वर्ष अघि । म कसैको प्रेममा थिए । उसले मलाई कति माया ग¥थ्र्यौ त्यो मलाई थाहा थिएन तर मैले उसको लागि आफ्ना खुसीहरु त्याग्न सक्थे । तर पनि उसको मायामा पनि कुनै कमि थिएन, उसले पनि मलाई त्यती नै माया ग¥थ्र्यौ । ४ वर्ष अघि प्लस टु पढ्दा कलेजमा भएको हाम्रो भेट । सुरुमा समान्य साथिको रुपमा अघि बढेको हाम्रो सम्बन्ध । केहि महिनासम्म हामि बिच साथीको रुपमा रहेको सम्बन्ध बिस्तारै प्रेमिपेमिकाको रुपमा अघि बढ्न थाल्यो ।

वर्तमान र भविष्य दुवैको चिन्ता थियो हामिलाई । भविष्यमा के गर्ने कुन पेशा अंगाल्ने भनेर । प्लसटु पनि सकियो । यसपछि के गर्ने भनेर एकप्रकारको सोच हामि दुवैमा आउन थाल्यो । उ अर्थात प्रकाश । कुनै समयकबो मेरो प्रेमी प्रकाश तर अहिले उ अरु कसैको श्रीमान भईसकेको छ । सानै देखिको पत्रकारीता । सोहि अनुसार मैले पत्रकारीता सुरु गर्ने निर्णय गरे । र मैले आफ्नो निर्णय उसलाई सुनाए पनि । उसले मेरो म पत्रकारीता गर्छु भन्दा हुन्छ भन्यो ।

आफुलाई सानैदेखि ठुलो भएर पत्रकार बनुला भन्ने एउटा सोख थियो । घरपरिवारबाट पत्रकारीता गर्ने मेररो रहर ओके भईसकेको थियो । त्यसपछि मेरो लागि एउटा चुनौति, अवसर र खुसी थपियो । आफ्नो मनले चाहेको मान्छे पाउदा जत्तिकै खुसी भएको थिए त्यति नै खुसी मैले पत्रकारीता सुरु गरेको दिनमा भएको थिए ।

प्लसटु सकेर प्रकाश एचएको तयारी कक्षा लिन चितवन जाने भयो । उ चितवन जाने भएपछि पहिले जस्तो निरन्तर रुपमा हाम्रो भेट हुने अवस्था थिएन । त्यसकारण उ चितवन जानुभन्दा अघि १ दिनभरी हामिले संगै बिताउने निधो ग¥यौ र संगै बितायौ पनि । भोलिपल्ट प्रकाश चितवन गयो । जानेबेला उसले भन्यो, मलाई नर्बिसनु है । बस यति मात्रै भन्यो उसले अरु केहि शब्द निकालेन र मैले पनि उसको उत्तरका रुपमा फर्काय कसरी बिर्सन सक्छुर तलाई ।

बरु तैले नर्बिसनु आफ्नो ख्याल गर्नु । प्रकाश चितवन गएपछि ३ वर्षसम्म कहिल्यै पनि फर्केर घरमा आएन । कहिले चाडवाडमा उसका आफन्तहरु बितेर चाडवाड नै हुन्थेनन उसका । भन्थ्यो चाडवाडमा घरमा आउनैपर्छ भन्ने हो तर चाडवाड नै नमनाउने भएपछि घरमा किन आउनु र । अनि मैले, मलाई भेट्न आउनुपर्दैन भन्दा त संग कुराकानी भएकै छ आखीर भेट्नु नै किन प¥यो र ? उसको कुरामा मैले असहमति जनाउदै भन्थे, भेटेजस्तो कहा हुन्छ र फोनमा कुरा गरेको ? उ सम्झाउदै भन्थ्यो केहि वर्षपछि आउछु अनि त हामि संगै होनी ? अब उसले यति भनेपछि करले भएपनि मैले अ, हो आदि ईत्यादि भन्दै सहमति जनाउनै प¥यो ।

यता आफैमा जटिलताको रुपमा रहेको पत्रकारीता पेशा । त्यसमाथी केटिका लागि एउटा चुनौति र अवसरका रुपमा थियो । म पत्रकारीतामा आउदा केटि अर्थात महिला पत्रकारहरु एकदमै कम थिए । भएपनि रेडियोमा काम गर्ने थिए । उनीहरु रिपोटिङ्गमा जान्थेनन् । सुरुसुरुमा अलि असहज नै भयो । तरपनि आफ्नो मनले चाहेको अनि रोजेकोे पेशा पत्रकारीता । पत्रकारीतामा धेरै समय बिताएका र भर्खरै सुरु गरेकाहरु सबैसंग चिनजान हुन थाल्यो । सानै देखिको रहर पत्रकारीता । त्यो पनि पत्रिकामा समाचार लेख्ने ।
पत्रिकाको काम । कहिलेकाहि घर फर्किन अलि साझ परिसकेको हुन्थ्यो । साझमा उसले फोन गर्दा म अफिसमै छु भन्यो भने उसले अलि चर्को स्वरमा भन्थ्यो, अहिलेसम्म अफिसमै किन ? मैले भन्थे, आज अलि त्यस्तै काम प¥यो के अफिसमा । उ एकिछिन रिसाउथ्यो अनि कुरा गरेर नसकेरै फोन राखिदिन्थ्यो । साझ घरमा पुगेर मैले गरेको फोन कटाएर उ आफै फोन ग¥थ्र्यौ अनि भन्थ्यो, कता हो अफिसमै भए बोल्दिन । उसले यस्तो भन्दा म हास्थे अनि भन्थे, हैन अहिले त घरमा छु खाना पकाउन लागेको । दिनभरी अफिस गएर काम गरेर साझ आएर आफै खाना पकाएर खानुप¥थ्र्यौ ।

जीबन चाहेर वा नचाहेर पनि बिताउनै पर्दो रहेछ अनि जवरजस्त जिन्दगी बित्ने रहेछ । समयले घाउ निको पारे पनि घाउ लागेको चाहि बिर्सन नसकिदो रहेछ । वर्तमानमा हिडिरहेको छु तर कहिलेकाहि स्मरणमा विगत वर्तमान भएर हिड्न खोज्छ । मैले बिगतलाई बिर्सेर वर्तमानमा रमाउनु पर्छ भन्ने पनि सोच्छु । तर पनि यो मनले उसैलाई खोजिरहन्छ ।

उसंगै जिवन काट्ने सपना देखिरहन्छ । म आफ्ना काममै खुसी छु तर पनि मन खुसी छैन । मैले समाजमा पत्रकार बनेर नाम त कमाए तर पनि प्रकाश मेरो हुन सकेन । तर पनि यो मनलाई बुझाउनै पर्ने रहेछ । कहिलेकाहि रिपोटिङ्गमा बाहिर भ्याली जानुपर्दा उ संगै बिताएका पलहरु याद बनेर मनमा आउन थाल्छन् । भुल्न खोज्छु तर पनि पानीका फोका सरी यादहरु फैलदै जान्छन् ।

कुनै समय लाग्थ्यो प्रकाश मेरो जीवन हो, तर अहिले आएर थाहा भयो कि होईन रहेछ । जीवनमा मनले चाहेका सबै कुरा नपाईदा रहेछन् । यदि पाउने भए मैले प्रकाशलाई पाईसकेको हुन्थे । पलस्टु सकेर चितवन गएको प्रकाश हाम्रो प्रेमसम्बन्धको ४ वर्ष पुग्नलाई करिब २ महिना बाँकि रहदा मात्रै फर्केर आयो । आएको भोलिपल्ट नै उसले मलाई भेट्न बोलायो । त्यो पनि हामिले कलेज पढ्दा भेट्ने भन्दा फरक स्थानमा ।

म अलि हतारमा थिए, फोनबाटै किन यहा बोलाको भनेर सोध्नुभन्दा बरु जानु बेस होला भनेर उसले बोलाएकै ठाउमा हतारहतार उसलाई भेट्न गए । म त्यहा पुग्दा उ एक्लै टोलाएर बसिरहेको थियो । मैले सोधे के भयो प्रकाशजी आज त अलि सिरीयस देखिनुहुन्छ नि ? उसले भन्यो, मलाई थाहा छ अब हामि एकअर्काका हुन सक्दैनौ उसका यी वाक्यहरु सुन्दा म झस्कीय र सोधे के भयो र ? उसले भन्यो घरमा मेरो बिहेको अन्तिम तयारी भईसकेछ मलाई केहि पनि थाहा छैन । बाआमाले हेरेकि केटि रे खै म चिन्दिन र देखेको पनि छैन । उसले एकैसासमा यी सबै कुराहरु मलाई सुनाएर सक्यो ।

म निशब्द भए र उसका कुरामा मैले सहमति वा असहमति केहि पनि राख्न सकिन । राख्न पनि कसरी सक्थे आफैले माया गरेको मान्छेको एक्कासी बिहको कुरा सुनेपछि । तर मैले साहस गरेर भने तैले हुदैन, अहिले बिहे गर्दैन भनेर बुवाआमालाई सम्झाउन सकेनस त ? उ खासै बोल्ने मुडमा थिएन । आफैमा चिन्तामा परेकोलाई मैले पनि धेरै पिडा थप्न चाहिन । यता मेरो मनमा निभाउनै नसक्ने गरी डढेलो लाग्न सुरु भईसकेको थियो उसको कुरा सुनेर । जीवनमा पहिलोपल्ट कसैलाई मन पराएर माया गरेको अनि उसगै जीवन बिताउने सपना देखिसकेको म आज मेरै अघि उसको लगनगाठो कस्ने दिन आयो । तर पनि मैले उसलाई धेरै सम्झाए । म बोलीरहे असन्तुष्टीका शब्दहरु तर पनि चुप रहिरह्यो ।

के गर्ने, के बोल्ने त्यसपछि म संग कुनै शब्दहरु नै बाकि रहेनन् । घडिमा साढे ३ भईसकेको थियो ४ बजे एउटा पत्रकार सम्मेलनमा जानुपर्ने थियो । प्रकाश नबोलेरै बस्ने भए म जान्छु मैले भने । तर पनि उसलाई त्यो अवस्थामा छोडेर जाने आट आएकै थिएन । मैले जान्छु भन्ने शब्द निकालेपछि उसले आफ्ना आसुलाई लुकाउने प्रयास गर्दै भन्यो । म त बिना बाच्न सक्दिन र त बाहेक अरु संग बिहे गर्न पनि सक्दिन । उसले यति भनिरदा मेरो मनमा जीवन सम्झौता हो आफुले चाहेको कुरा पुरा हुन्छ नै भन्ने छैन त्यसैले प्रकाश त बिहे गर भन्ने कुरा आईसकेको थियो । तर पनि त्यसरी त भन्ने आटै आएन । मनमा प्रश्नहरु खेलिरहेका थिए मुटुमा काडा बिजेको आभाष भईसकेको थियो । तर पनि त्यो काडालाई आफै डाक्टर बनेर फाल्ने कोशिस गरीरहेको थिए ।

यतिकैमा प्रकाश बोल्न थाल्यो आमा सिकिस्त हुनुहुन्छ म घरको एक्लो छोरो, दाईभाई छैनन मर्नुअघि बुहारी हेर्ने रहर छरे आमालाई । अनि मैले के गर्नु मेरी आमाको खुसी नै मेरो खुसी हो । मैले जति सम्झाउदा पनि घरमा मान्नुहुन्न । उसले पुन एकैसासमा यो वाक्य बोलेर सक्यो । फेरी उसको यो कुरा सुनेपछि मनमनै सोच्न थाले के गर्नु संसारमा सबैभन्दा ठुला बुवाआमा हुन उनीहरुले भनेको कुरा मान्नुपर्छ तर पनि अहिले पढाई नसकिदै कसरी बिहे गर्नु । जिवन सम्झौता हो प्रकाश सबैकुरा आफुले चाहेको हुदैन मैले आफ्नो भक्कानीएको मनलाई सम्हान खोज्दै भने के गर्नु जीवनमा लेखेको हैन देखेको कुरा हुन्छ ।

यदि घरमा तेस्तै छ भने त बिहे गर म जसोतसो त बिना बाच्ने प्रयास गरुला । उता प्रकाशका बाआमालाई घरव्यवहार सम्हाल्ने अनि घरमै बसेर सासुससुराको सेवा गर्ने बुहारी तत्कालै चाहिएको रैछ तर म अझै केहि वर्ष बिहे नगर्ने योजनामा थिए । र पत्रकारीतालाई निरन्तरता दिन चाहान्थे । यदि प्रकाशले उसका बुबाआमाले खोजेको केटि संग बिहे गरेन भने पनि हाम्रो मिलन सम्भव छ भन्ने कुनै पनि ग्यारेन्टि थिएन । त्यो दिन त्यस्तै भयो । पत्रकार सम्मेलनमा जान सकिएन । एकजना दाईलाई म जान नसक्ने भए साझ न्युज दिनुहोला त भनेर फोन गरे । साझको ६ बज्न लागीसकेको थियो ।

अफिसमा आएर मेल खोल्दा दाईले न्युज पठाईदिएका रैछन । अनि उक्त न्युजलाई केहि फेरबदल गरेर पत्रिकाको लागि मेल गरिदिए । त्यस दिन साझ प्रकाशलाई फोन गर्नुपर्ला भन्ने सोच थियो तर कोठामा गाउकै एकजना दिदि मेरो कोठामा पाहुना लाग्न आईपुगीन् । त्यो दिन फोन गर्ने सम्भव भएन । बिहानैको ६ बजेको बसमा नै दिदि घर जाने भनेर हिड्न थालीन र म पनि बसपार्क सम्म पु¥याउन गए । बसपार्कबाट फर्किदा बाटैमा भेटियो प्रकाश । त्यहि मौकामा भेटेर मैले उसलाई फेरी सम्झाउने प्रयास गरे तैले आमाको खुसीको लागि पनि बिहे गर्नैपर्छ प्रकाश । पढाई त बिहे पछि पनि सम्भव हुन्छ ।

मेरो कुरालाई प्रकाशले सुनीरह्यो तर कुनै प्रतिक्रिया जनाएन । हेर हामिले एकअर्का मन परायौ प्रेम ग¥यो तर पनि प्रेम गर्नुको अर्थ यो होईन कि बिहे नै हुनुपर्छ । मैले सम्झाउन खोज्दा उसले भयो तेरा आदर्शका गफ नसुना मलाई । उल्टै मै माथि खनिन थाल्यो । त्यसपछि उ हिन्न खोज्दै थियो मैले उसको हात समाएर भने मैले तलाई माया पहिला पनि गर्थे अहिले पनि गरीराछु र हामी दुवैको बिहेपछि पनि गरीरहनेछु । यसपछि मैले उसलाई छोडेर पत्रकारीतालाई रोज्ने निधो गरे ।

त्यसपछिको केहि दिन हामी बिच कुनै पनि भेटघाट, फोन म्यासेन्जर भएन । र ५ गतेको दिन मेरो अपिसमै आएर एकजना उसकै नातोदार मेरो लागी उसको बिहेको कार्ड दिएर छोडेछन् । आएर हेर्दा पहिलोपटक नाम सुनेकि केटिसंग प्रकाशको बिहे हुन लागेको रैछ । बिहेको कार्डमा १० गतेको लागि बिहको मिति थियो ।

आफैले मन पराएको मान्छेको बिहेमा कसरी जानु भने र नजाने निधो गरे । तर बाहाना त चाहियो, घरमा हजुरआमा बिरामी हुनुभयो भनु कि झै लायो तर पनि खैके खके निर्णय गर्नै सकिन । बिहेको दिन आउन २ दिन बाकि थियो । म ८ गते नै साथीहरुसंग १ हप्ते टुरको लागि सुदुरपश्चिम हानिए । मैले ११ गतेको दिन बिहानै फेसबुक खोलेर हेर्दा बधाईका स्टाटसहरु थिए उसका आफन्तहरुले । हाम्रो सम्बन्धको बारेमा थाहा पाएका हरुले त मेरो म्यासेन्जरमा समेत बधाई पठाए । खै किन पठाए जानेर पठाए या नजानेर त्यो तिनीहरुलाई नै थाहा होला । मैले मलाई आएका बधाईको कुनै रीप्लाई दिन उचित ठानीन र दिईन पनि ।

अझै पनि दिनमा जतिपटक फेसबुक खोल्छु प्रत्येक पटक उसको प्रोफाईल चिहाईरहेकि हुन्छु । केहि नया कुरा पोस्ट गरेको छकि भनेर तर गरेको हुदैन । उहि बिहेभन्दा अघिका मलाई डेडिकेट गरेर लेखेका प्रेमभाव बोकेका छोटाछोटा स्टास्टसहरु अनि उसका साथीहरुले ट्याग गरेका हस्पीटलका स्वास्थ्य सम्बन्धी गतिविधी मात्र हुन्छन् । अहिले उसले बिहे गरेको पनि महिनौ बितिसक्यो । मलाई थाहा छ अब हामि एकअर्काका हुन सक्दैन ।

उ आफ्नै हस्पीटलको संसारमा बिरामीको चेकजाच गर्र्दै बिताईरहेको छ अनि म आफ्नै पत्रकारीता मार्फत भोका नाङ्गा अनि सर्वहाराका कथा लेखेर रमाईरहेको छु । उसलाई बिर्सन खोज्छु तर पनि उसलाई सम्झीरहन्छु । आई अलवेज मिस यु प्रकाश ।