२०८२, १ श्रावण बिहीबार

विश्वव्यापी वातावरण अभियान द्धारा हटिया लाइन सडक सरसफाइ

विश्वव्यापी वातावरण सरसफाइ अभियान अन्तर्गत आज सुर्खेत विरेन्द्रनगरमा हटिया लाइन सडक देखि बुद्वपथ सडक सरसफाइ गरिरएको छ । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज विरेन्द्रनगरद्वारा आयोजित सरसफाइ अभियान अन्तर्गत उक्त स्थानमा सरसफाइ गरिएको हो ।

उक्त सरसफाइ अभियानमा विरेन्द्रनगर नगरपालिका उपप्रमुख नीलकण्ठ खनाल, वडा अध्यक्ष जनक रावल लगायतको उपस्थिति रहेको थियो । उपप्रमुख खनालले विरेन्द्रनगर नगर क्षेत्रको सरसफाइ कार्यक्रम स्वागतयोग्य भएको भन्दै परमेश्वर मण्डलीको प्रशंसा गर्नुभयो । परमेश्वर मण्डलीको असल कार्य देख्दा गर्व लागेको राज जानकी टोल विकासका अध्यक्षका भिम बहादुर बि।सि। ले बताउनुभयो ।

परमेश्वरको मण्डली पिता परमेश्वर र माता परमेश्वर विश्ववास गर्ने मण्डली रहेको सरसफाइमा होमिएका आशिष जैसीको भनाइ थियो । आमाले आफ्नो सन्तानलाई निसर्त प्रेम दिनुभए जस्तै हामिले संसारलाई निस्वार्थ प्रेम बाढ्ने शिक्षा माता परमेश्वरबाट प्राप्त गरेको जैशीले बताउनुभयो ।

स्थानीय समुदायमा लोक कल्याण प्रवर्द्धनका लागि विभिन्न गतिविधि गर्दैआएको परमेश्वरको मण्डलीले यस वर्ष पनि सोही कदम चालेको छ । गत महिना बुटवल परमेश्वरको मण्डलीमा र यो महिना नेपालगञ्ज परमेश्वरको मण्डलीमा रक्त आपूर्तिलाई स्थिर बनाउन मद्दत पुर्याउन ुनिस्तार(चाडको प्रेम, जीवन बचाउने प्रेम विश्वव्यापी रक्तदान अभियान आयोजना गरिएको थियो । जसमा २६९ जनाले सहभागिता जनाएका थिए भने १५८ जनाले सफलतापूर्वक रक्तदान गरेका थिए । यसै महिनाको अन्त्यमा र अर्को महिनाको सुरुमा वीरगन्ज तथा भक्तपुरमा पनि जीवन बाँड्ने कार्यक्रम तय गरिएको छ ।

त्यस्तै मण्डलीले नुवाकोटको तुप्चेश्वरस्थित श्री कोकेश्वरी माध्यमिक विद्यालयलाई १० थान कम्प्युटर सहयोग गरी भावी पुस्ताको नेतृत्व गर्ने किशोर(किशोरीहरूको डिजिटल सिकाइमा समर्थन गरेको छ । साथै यस मण्डलीका विश्वविद्यालय विद्यार्थीहरूद्वारा गठित अन्तर्राष्ट्रिय स्वयंसेवक समूह ब्क्भ्श् ले ललितपुरको पाटन बहुमुखी क्याम्पसमा स्वच्छ वातावरण सिर्जना गर्न सरसफाइ अभियान सञ्चालन गर्नुका साथै बुजुकहरूको सम्मानमा वृद्धाश्रममा रात्रिभोज पनि आयोजना गरेको थियो ।

२०७२ सालको महाभूकम्पपछि आपत्कालीन राहत कार्यबाट सुरु गरेर वातावरण संरक्षण, छिमेकीलाई सहयोग, शैक्षिक सहयोग, कोभिड(१९ का जोखिम वर्गलाई सहयोग जस्ता विभिन्न गतिविधिहरूमार्फत छिमेकीहरूलाई साथ दिँदैआएको परमेश्वरको मण्डलीलाई नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि, सुनसरी र भक्तपुर शाखा प्रमुख, श्रीसरस्वती माध्यमिक विद्यालय र श्री जनता आधारभूत विद्यालयका प्रधानाध्यापक जस्ता विभिन्न क्षेत्र तथा वर्गका व्यक्तित्वहरूबाट प्रशंसा(पत्र, कदर पत्र लगायत विभिन्न पुरस्कारहरूद्वारा सम्मानित गरिएको छ ।

१७५ वटा राष्ट्रका करीब ७,५०० क्षेत्रहरूमा स्थापित परमेश्वरको मण्डलीले यही वर्ष स्थापनाको ६० औं वार्षिकोत्सव मनाइरहेको छ । करीब ३७ लाख विश्वासीहरूले बाइबलमा आधारित पिता परमेश्वरु र माता परमेश्वरुमा विश्वास गर्छन् । आफ्नो छिमेकीलाई आफूलाई मैं प्रेम गरु भन्ने ख्रीष्टको शिक्षालाई व्यवहारमा लागू गरेबापत् मण्डलीले विश्वभरिबाट अमेरिकी राष्ट्रपति बाइडेन, ट्रम्प र ओबामाबाट राष्ट्रपतीय स्वयंसेवा अवार्ड, कोरियाका तीन सरकारबाट राष्ट्रपतीय अवार्ड, ब्राजिलियन विधायिकी पदक र अन्तर्राष्ट्रिय वातावरण अवार्ड रहेको ग्रीनवर्ल्ड अवार्ड र ग्रीन एप्पल अवार्डसहित ४,२०० वटाभन्दा बढी अवार्डहरू प्राप्त गरेको छ ।