२०८१, १५ बैशाख शनिबार

काठमाडौं सुर्खेत उडानको लागि श्री एअरलाईन्सले पायो अनुमति

सुर्खेत । काठमाडौं सुर्खेत उडानको लागि श्री एअरलाईन्सले अनुमति पाएको छ । उक्त एअरलाईन्सले अनुमति पाएसँगै आगामी साताबाट सुर्खेत निरन्तर उडान भर्ने जनाएको छ । वुद्ध एअर भन्दा अघि नै परीक्षण उडान सुरु गरेको श्री एअरलाईन्सले काठमाडौं–सुर्खेत उडानको बिहीबार मात्र अनुमति पाएको हो ।

दुई वर्ष भन्दा पहिले सुरुमा सुर्खेत विमानस्थलमा परीक्षण उडान सम्पन्न गरेको श्री एअरलाईन्सले गत डेढ वर्ष अघिदेखि सुर्खेतमा उडान गरेको थिएन । बिहीबार एअरलाईन्सले ८० सिटे जहाज उडाउने अनुमति पाएसँगै सुर्खेत काठमाडौं जहाज चढन कर्णालीका नागरिकलाई सस्तो भाडा पर्ने सम्भावना बढेको हो ।

बुद्ध एअरले एक घण्टा पाँच मिनेट समयमा काठमाडौं सुर्खेत ७२ सिटे जहाजबाट उडान गर्दै आएपनि श्री एअरले भने बढीमा ५० मिनेटमा ८० सिटे जहाजबाट काठमाडौं सुर्खेत उडान अर्को साता देखि विहान सात बजे नियमित उडान गर्ने जनाएको छ ।

श्री एअरलाईन्सका कर्पोरेट म्यानेजर अनिल मानन्धरका अनुसार अब हप्ताको सातै दिन काठमाडौं सुर्खेत उडान सुरु हुने छ । ‘विहान सात बजे देखि सवा सात बजेको समयमा हाम्रो उडान काठमाडौंबाट हुन्छ । भाडादर तोक्नेबारेमा हामी सल्लाह गर्दैछौँ । उनले ‘त्यसपछि मात्रै हामी कति भाडा लिने भन्ने सार्वजनिक गर्न बताए । यता अर्को एअरलाईन्स आउने भएपछी भाडा सस्तो हुने कर्णाली बासीको अपेक्षा छ ।