नेपालीको उद्दारका लागि जहाज दुबईबाट इजरायल उड्यो
काठमाडौँ । इजरायलमा रहेका नेपालीको उद्दारका लागि गएको नेपाल वायु सेवा निगमको जहाजले दुबईबाट इजरायलका लागि उडेको छ । निगमको जहाजले नेपाली समयअनुसार १०ः ४६ बजे दुबईबाट इजरायलका लागि उडान भरेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको हो ।
