२०८१, २० बैशाख बिहीबार

एमाले सुदूरपश्चिम अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता

काठमाडौं ।   सहमतिको प्रयास असफल भएपछि मतदान प्रक्रियाबाट नेतृत्व चुन्न होमिएको एमाले सुदूरपश्चिमको अध्यक्षमा चार जनाले अध्यक्षताका लागि उम्मेदवारी दर्ता गरेका छन् । तालिकाअनुसार आज भएको उम्मेद्वारी तालिकामा चार जनाले दर्ता गरेका हुन् ।

अध्यक्षमा निवर्तमान कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी, भरतबहादुर साउद र वचनबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन्। सिंह कञ्चनपुरका हुन् भने बाँकी उम्मेदवार सबै अछामका हुन् ।

निर्वाचन समितिले मंगलबार बिहान ७ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोके पनि अहिलेसम्म दर्ता भइरहेको छ । उम्मेदवारी फिर्ता गर्न कमिटीले साढे १२ बजेदेखि २ बजेसम्मको समय दिएको छ।