२०८१, २३ बैशाख आईतवार

प्रदेश निजामती विधेयक पारित

सुर्खेत । कर्णाली प्रदेशसभाले निजामती कर्मचारी विधेयक सर्वसम्मत रूपले पारित गरेको छ । सोमवमर बसेको प्रदेशसभाको बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो ।

बैठकमा सरकारका तर्फबाट आन्तरीक मामिला तथा कानुन मन्त्रालय कृष्णबहादुर जिसीले कर्णाली प्रदेशसभा नियमावली २०७९ को नियम १२८ को उपनियम २ को खण्ड ‘क’ बमोजिम प्रदेश मामिला समितिको प्रतिवेदन सहितको विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो ।

सभामुख नन्दा गुरुङ्गले विधेयक पारित गरियोस्, भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेपछि प्रदेशसभाले सर्वसम्मत रूपमा विधेयक पारित गरेको हो । विधेयक पारित भएसँगै कर्णाली प्रदेशको आफ्नो छुट्टै कर्मचारी ऐन आएको छ ।

सम्बन्धित समाचार