सरकार सुशासनको नयाँ योजना ल्याउने तयारीमा छ : रक्षामन्त्री खड्का
सुर्खेत । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पुर्ण बहादुर खड्काले सरकारले सुशासनको नयाँ योजना ल्याउने तयारीमा रहेको बताएका छन् । सुर्खेतको बोटेचौरमा भेरी कोरिडोर सिंचाई तथा नदि व्यवस्थापन आयोजना कार्यालय उद्धाटन कार्यक्रममा बोल्दै खड्काले यस्तो बताएका हुन् । खड्काले भेरी कोरिडोर आयोजनामा प्रदेश सरकार स्थानीय सरकार सबैको भुमिका रहेको बताए । नेता खड्काले एकताबद्ध भएर कर्णालीलाई विकसित र अग्रपङ्तिमा पुर्याउनुपर्ने उल्लेख गर्नुभयो ।
आर्थिक प्रतिकुलताको विचमा, कोरोनको डरलाग्दो अवस्थाले अर्थतन्त्रमा पारेको असरलाई चिर्दै सबल अर्थतन्त्र निर्माणमा लागिरहेको उनले बताए । उनले अर्थतन्त्राई चलायमान बनाउन विभिन्न कार्यक्रमहरु सरकारले सञ्चालन गरिरहेको बताउँदै वर्तमान सरकारले विगतको तुलनामा नयाँ आयोजनामा पर्याप्त बजेट विनियोजन गरेको बताए ।
कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह, आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण जिसि, जलस्रोत तथा उर्जा विकास मन्त्री उर्मिला विश्वकर्मा, सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, कर्णाली प्रदेश प्रहरी कार्यालका प्रमुख डिआजी भिम प्रसाद शर्मा, लगाएको उपस्थित रहेको थियो ।