२०८१, २१ बैशाख शुक्रबार

काठमाडौं महानगरले टिपटपलाई तिरायो २ लाख जरिवाना

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले ‘टिपटप समोसा’लाई -२ लाख रुपैयाँ जरिवाना तिराएको छ । महानगरपालिकाले बजार अनुगमन गर्ने क्रममा अखाद्य र अस्वच्छ खाद्यान्न बिक्री गर्दै गरेको भेटेपछि जरिवाना तिराएको हो ।

महानगरपालिकाको वडा नम्बर १७ स्थित टिपटम समोसाको अनुगमनका क्रममा अखाद्य वस्तु बिक्री वितरण गरेको पाइएको थियो ।
उक्त पसलले अखाद्य वस्तु बिक्री वितरण गरिरहेको सूचना आएपछि बजार अनुगमनमा पुगेको महानगर अनुगमन समितिले जनाएको छ ।

पसलमा अखाद्य वस्तु नराख्न, कर्मचारी बोलीबचनमा सुधार गर्न, दूधजन्य वस्तुको तापक्रम कायम राख्नसमेत अनुगमन समितिले आदेश दिएको छ ।