२०८१, १२ श्रावण शनिबार

स्थापना दिवसका शैक्षिक सामग्री वितरण

 

सुर्खेत । नेपाल उद्योग व्यापार महासंघको पहिलो स्थापना दिवसका अवसरमा शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । स्थापना दिवसका अवसरमा नवजीवन बाल गृहमा रहेका बालवालिकालाई बिभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।

स्थापना दिवसका अवसरमा नव जीवन बाल गृहमा पुगेर नेपाल उद्योग तथा व्यापार महासंघ सुर्खेतका अध्यक्ष धीरेन्द्रबहादुर शाही, महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद आचार्य, केन्द्रीय सचिव सुर्यविक्रम थापा लगाएतका अन्य सदस्यहरु पुगेर बिभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो ।

बालगृहमा रहेका बालवालिकालाई महासंघले दिएको शैक्षिक सामग्रीले केही राहत पुगेको नव जीवन बालगृहका कार्यकारी निर्देशक सृजना गुरुङले जानकारी दिइन् ।

बालगृहमा रहेका २६ जना बालवालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको थियो ।