२०८१, २१ बैशाख शुक्रबार

हमालको नेतृत्वमा नेपाल स्ट्रेन्थलिफ्टिङ्ग संघ कर्णालीको गठन

सुर्खेत । इश्वर हमालको नेतृत्वमा नेपाल स्ट्रेन्थलिफ्टिङ्ग संघ कर्णाली प्रदेश गठन भएको छ । हमालको अध्यक्षतामा २१ सदस्यीय स्ट्रेन्थलिफ्टिङ्ग संघ कर्णाली प्रदेशको गठन भएको हो ।

संघको उपाध्यक्षमा चेतन आचार्य, सचिवमा राजु खत्री, उपसचिवमा तेजबहादुर रोकाय, कोषाध्यक्षमा विन्दमान सार्की चयन भएको नवनिर्वाचित कोषाध्यक्ष सार्कीले बताए ।

त्यस्तै, सदस्यहरुमा गणेशमान शाक्य, अनिलकुमार भण्डारी, रितिक वि.क, लक्ष्मी सुनार, जिवन बञ्जाडे जैसी, जनक चौधरी, ईन्द्र डाँगी, मनिष विश्वकर्मा, रेशम चौधरी, मनोज राना, आकाश वि.क, दलबहादुर सुनार, राजेन्द्र सुनार, शुस्मा गिरी र जगतप्रसाद रिजाल चयन भएको सार्कीले बताए । ‘संघले स्ट्रेन्थलिफ्टिङ्ग सम्बन्धि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेल खेल्ने खेलाडीहरुलाई समन्वय गर्ने काम गर्ने छ ।’ उनले भने,‘कर्णालीमा यो पहिलो पटक प्रदेशस्तरीय कमिटी गठन भएको हो ।’

नेपाल स्ट्रेन्थलिफ्टिङ्ग संघका सस्थापक केन्द्रीय महासचिव जीवन गिरी तथा कर्णाली प्रदेश खेलकुद बिकास परिषद्का उपाध्यक्ष प्रमोद हमाल  अतित्थ्यतामा सर्वसहमत संघको गठन भएको सार्कीले जानकारी दिए ।