२०८१, १ कार्तिक बिहीबार

कर्णाली प्रहरीको नयाँ अभियानः घरघरमा फोन नम्बर

सुर्खेत । कर्णाली प्रदेशमा प्रहरीले सुरक्षाका लागि नयाँ अभियान शुरु गरेको छ । कर्णालीका १० वटै जिल्लामा प्रहरीले घरघरमा फोन नम्बर टासेर अभियान शुरु गरेको हो ।

सेवा प्रवाहमा नागरिकलाई सहज र सजिलो होस भन्नाले उक्त अभियान घरघरमा प्रहरीले कर्णाली प्रदेशका सबै घरघरमा प्रहरीको फोन नम्बर सहितको स्टिकर टाँस अभियान सुरु भएको छ ।

आफु असुरक्षित भएमा अथवा संकास्पद बस्तु फेला पारेमा वा अन्य केही सम्स्या परेमा घर नजिकैको प्रहरीलाई खबर गर्नका लागि यो अभियान सुरु गरेको कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआईजी) भिम प्रसाद ढकालले बताए । ‘स्टिकर अभियानमा तीन हजार प्रहरी खटिने छन् ।’ उनले भने,‘यो अभियान तीन महिनामासम्म सञ्चालन हुनेछ ।’

कर्णाली प्रदेशका रहेका दश वटा जिल्लाहरुमा रहेका तीन लाख ७१ हजारभन्दा बढी घरधुरीहरुमा प्रहरीको फोन नम्बर भएको स्टिकर प्रत्येक घरहरुको मुख्य ढोकामा टाँसिने (डिआईजी) ढकालले बताए ।

स्टिकर टाँस अभियानको शुभारभ उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्णबहादुर खड्काले कर्णाली प्रदेश प्रहरी कार्यालय सञ्चालन गरेको अभियानले नागरिकसँग राज्य छ भन्ने सन्देश दिएको बताए । ‘अहिले सरकारले नागरिकसँग राज्य छ भन्ने अनुभुति गराउनका लागि यो अभियान निकै प्रसंशनिय रहेको छ ।’ उनले भने,‘यो अभियानले अपराधमा कम आउनुका साथै नागरिकले छरितो न्याय पाउने छन् ।’