२०८१, १ कार्तिक बिहीबार

दैलेखमा विषालु च्याउ खादा एकै घरका ४ जना बिरामी

 

वीरेन्द्रनगर । दैलेखमा बिषालु जंगली च्याउ खादा एकै घरका ४ जना बिरामी परेका छन् । दैलेखको महावु गाउँपालिका–२ मा विषालु च्याउ खादा ४ जना बिरामी परेका हुन् ।

विषालु च्याउ खादा महावु–२ डुङ्ग्री बस्ने मान बहादुर कामीका छोरा १८ वर्षीय छोरा गणेश कामी, १३ वर्षीय छोरा धर्मराज कामी, ९ वर्षीय छोररा तिलक कामी र १५ वर्षीय छोरी भगवती कामी बिरामी परेका प्रहरीले जनाएको छ ।

दैलेख प्रहरीका अनुसार विषालु च्याउ खादा बिरामी परेका ४ जना मध्ये ३ जनाको अवस्था चिन्ताजनक रहेको जनाएको छ । ४ जना मध्ये गणेश कामी, धर्म कामी तिलक कामीको अवस्था चिन्ताजनक रहेको प्रहरी प्रमुख किशोर लम्सालले बताए ।

उनीहरुको स्वास्थ्य सेवा कार्यालय दैलेखमा उपचार सम्भव नभए पछि थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ ।