डोल्पामा ६९ बोरा अवैध जडिबुटी बरामद
सुर्खेत : डोल्पामा ६९ बोरा अवैध जडिबुटी बरामद भएको छ । जिल्ला वन डिभिजन कार्यालय डोल्पाले ६९ बोरा अवैध जडिबुटी बरामद गरको हो ।
अवैधरुपमा घरमा लुकाइछिपाई राखिएको अवस्थामा ६९ बोरा जडिबुटी डिभिजन वन कार्यालय डोल्पाले जनाएको छ ।
ठूलीभेरी नगरपालिका –३ धुपिचौरस्थित माटाको एकतले घरमा लुकाइछिपाई राखिएको झण्डै पच्चिस सय केजी बराबरको अबैध रुपमा राखिएको जडिबुटी जटामसी रहेको डिभिजन वन कार्यालय डोल्पाका प्रमुख महेश कुमाइले बताए ।
शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाड र डिभिजन वन कार्यालयको संयुक्त गस्ती टोलीले लुकाइछिपाई राखिएको जटामसी नियन्त्रणमा लिइएको डिभिजन बन कार्यालयका प्रमुख महेश कमाइ बताए । ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ बमोजिम अनुसन्धान तहकिकात भई चोरी निकासीमा कानुनी कारबाही गरिनेछ ।’ उनले भने,‘कसले कुन वनबाट खरिद गरेर ल्यायो कसरी लुकाई छिपाइ राख्यो भन्नेकुरा अनुसन्धान भइरहेको छ ।’