२०८१, २० मंसिर बिहीबार

कर्णालीमा आधारभूत अस्पतालको निर्माण काममा सुस्त गतिमा

सुर्खेत : तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वकांक्षी योजनासाथ प्रत्येक पालिकामा एक आधारभूत अस्पतालको निर्माणको काम कर्णाली ढिलासुस्ती भइरहेको छ । सरकारले १७ मंसिर ०७७ मा एकसाथ शिलान्यास गरेका आधारभूत अस्पतालको निर्माणकाको काम ढिला सुस्ती भएको हो ।
प्रदेशका ७९ तहमध्ये दुई चरणमा गरी ६६ पालिकामा बजेट र कार्यक्रम पठाइए पनि हालसम्म २७ पालिकामा मात्रै अस्पताल निर्माणको काम भइरहेको छ ।
कर्णाली प्रदेशका स्थानीय तहमा संघीय सरकारले आर्थिक वर्ष ०७७÷ ७८मा ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ निर्माण गर्ने काम अझै गति लिन सकेको छैन । २९ महिना वित्तिसक्दा पनि निर्माणले गति लिन नसकेको छैन् ।
आर्थिक वर्ष २०७७÷ ७८ मा ५ देखि १५ शश्यासम्मका आधारभूत अस्पताल निर्माणका लागि कर्णालीका ४२ वटा पालिका छनोट गरि बजेट पठाएको थियो । त्यस्तै दोस्रो चरणमा गएको आर्थिक वर्ष २०७८÷ ७९ मा सोही क्षमताका थप २४ स्थानीय तहमा अस्पताल निर्माणको योजनाका साथ बजेट पठाएको थियो । कर्णालीमा अहिलेसम्म ३५ वटा अस्पतालको निर्माण प्रक्रिया आएका छन् । २७ वटा अस्पतालको सम्झौता भई बजेट निकासा भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
२०७७ सालमा भर्चुअल माध्यमबाट एकै पटक दुई वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालन गर्ने लक्ष्यसहित आधारभूत अस्पताल शिलान्यास भएका थिए ।
कर्णालीमा आधारभूत अस्पताल निर्माणका लागि छनौटमा परेका ६६ पालिकामध्ये ६ वटा पालिकाले डिपिआर समेत तयार पारेका छैनन् । डिपिआर तयार नपार्ने पाालिकामा सल्यान जिल्लाका बागाचौर नगरपालिका, सिद्धकुमाख गाउँपालिका, डोल्पा जिल्लाका मुड्केज्यूला गाउँपालिका, डोल्पो बुद्ध गाउँपालिका हुम्ला जिल्लाका नाम्खा गाउँपालिका र अदानचुली गाउँपालिका रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।