२०८१, ८ बैशाख शनिबार

रुकुम पश्चिममा धाँधली एमालेको आरोप, पुनः मतदानको माग

सुर्खेत : नेकपा (एमाले) रुकुमपश्चिमले चुनावमा धाँधली भएको आरोप लगाएको छ । रुकुमपश्चिमका सात वटा मतदान केन्द्रमा धाँधली भएको भन्दै एमालेले पुनः मतदानको माग गरेको हो ।
आफ्ना पार्टीका मतदान प्रतिनिधिलाई धम्काएर अनाधिकृत व्यक्तिको संलग्नतामा फर्जी मत हालेको आरोप लगाउँदै पुनः मतदानको माग रहेको हो ।
सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका माओवादी नेता जनार्दन शर्माको प्रत्यक्ष सहभागितामा अनधिकृत काम भएको र एमालेले बाँफीकोट ६ र ७, आठविसकोट २ र ३, सानीभेरी २ र ३ साथै मुसीकोट १३ मा पुनः मतदान हुनुपर्ने नेकपा (एमाले) रुकुमपश्चिमका अध्यक्ष तथा प्रतिनीधिसभाका उम्मेदवार नन्दराम देवकोटाले बताए ।