२०७९, १७ मंसिर शनिबार

लिमिटेडको गोदाममा खाद्यान्न मौज्दात न्यून, दुुई महिनादेखि बिक्री–वितरण भएन

हुम्ला : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको हुम्ला शाखाको गोदाममा खाद्यान्न मौज्दात न्यून छ ।
आर्थिक वर्ष सुुरु भएको चार महिना बित्नै लाग्दा पनि ढुुवानी प्रक्रिया लामो भएका कारण नयाँ कोटाको खाद्यान्न ढुवानी नहुँदा जिल्लामा खाद्यान्न अभाव देखिएको हो ।
लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीका अनुुसार गोदाममा खाद्यान्न मौज्दात निकै कम छ । जसले गर्दा दुुई महिनादेखि सर्वसाधारणका लागि शाखाले खाद्यान्न बिक्री गर्न पाएको छैन ।
गोदाममा तीन सय क्विन्टल मात्र खाद्यान्न मौज्दात छ। चालुु वर्षका लागि आठ हजार क्विन्टल खाद्यान्नमध्ये सुर्खेतबाट ६ हजार र नेपालगञ्जबाट दुुई हजार क्विन्टल कोटा निर्धारण भएकामा यसको ढुवानीका लागि टेन्डर प्रक्रिया लामो भएकाले हालसम्म सो खाद्यान्न ढुवानी हुन सकेको छैन । हवाई मार्गको खाद्यान्न ढुवानीका लागि लिमिटेडले दुुई पटक टेण्डर निकाल्नुपरेको थियो ।
पहिलो पटक लिमिटेडले टेन्डर निकाल्दा ढुवानी दर कम भएको भन्दै कसैको पनि परेको थिएन । जसमा नेपालगञ्जका लागि प्रतिकेजी १ सय ५० रुपैयाँ र सुुर्खेतबाट प्रतिकेजी १ सय ४० रुपैयाँ ढुवानी दर लाग्ने पनि टेन्डर निकालिएको थियो । पुनः दोस्रो पटक सुुर्खेतबाट प्रतिकेजी १ सय ५५ रुपैयाँ र नेपालगञ्जबाट प्रतिकेजी १ सय ६० रुपैयाँ टेन्डर निकालिएको थियो ।
दोस्रो सूचनामा सुर्खेतको खाद्यान्न ढुवानी समिट एयरलाई र नेपालगञ्जको खाद्यान्न तारा एयर छनोट भए पनि सम्झौता हुुन सकेको छैन ।
लिमिटेडले सम्झौताका लागि आसयपत्र निकाले पनि दुुवै एयरलाइन्सले सो कार्य गरेका छैनन्। सम्झौताका लागि लिमिटेडलाई पत्राचार गरिसकेको छ। तैपनि, एयरलाइन्स नआएका कारण काम अगाडि नबढेको हो ।
त्यसैगरी, सिमकोटकै लागि दुुई हजार क्विन्टल सुर्खेतबाट पैदल मार्गबाट सलीसल्लासम्म र त्यसयता हेलिकोप्टरबाट ढुवानी दुुई दिनदेखि बल्ल सुुरु भएको छ ।
दसैँ–तिहारभित्र सो खाद्यान्न हेलिकोप्टरमा ढुवानी हुुनुपर्नेमा हेली काठमाडौँ फर्किएपछि अहिले ढुवानी सुुरु भएको हो ।
गोदाममा मौज्दात खाद्यान्न न्यून हुँदा बिक्री वितरण गर्न नपुुग्ने भएकाले असोजपछि सूचना नै निकालेर बिक्री बन्द गर्नुपरेको थियो । एक पटक बिक्री गर्न दुुई हजार क्विन्टलभन्दा बढी खाद्यान्न आवश्यक पर्छ ।