सुर्खेतको सिम्तामा मंगलबार पुनः मतदान हुने
सुर्खेत : सुर्खेतमा सिम्तामा पुनः मतदान मंगलबार हुने भएको छ । सुर्खेतको सिम्ता गाउँपालिका–६ को सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा प्रतिनीधिसभाको मतपत्र प्रदेशसभाको मतपेटिकामा खसालेपछि मतदान स्थगित गरिएको थियो ।
निर्वाचनमा खटिएका कर्मचारीको गल्तीका कारण प्रतिनिधिसभाका १०० मतपत्र प्रदेशसभाको बाकसमा खसेपछि यहाँको तीन वटा केन्द्रको मतदान रद्द भएको भएको थियो ।
निर्वाचन आयोगले दुई दिनभित्र रद्द गरिएका क्षेत्रमा पुनः निर्वाचन गर्न निर्देशन दिएकाले मंगलबार निर्वाचन गर्ने तयारी भइरहेको निर्वाचन अधिकृत उपेन्द्रकेशर खनाल बताए ।
सिम्ताको सिम्ता बहुमुखी क्याम्पसमा तीन वटा मतदान रहेकोमा ‘क’ मतदान केन्द्रमा प्रतिनिधिसभाका एक सय मतपत्र मतदाताले प्रदेशसभाको बाकसमा खसाएका थिए ।