२०७९, १७ मंसिर शनिबार

कर्णालीमा शीर्ष नेताहरुको दौडधुपः चुनावी एजेण्डाभन्दा एकअर्कालाई गालीको बर्षा

सुर्खेत : कर्णालीमा सत्ता गठबन्धन दल र प्रतिपक्ष दलका शीर्ष नेताहरुको दौडधुप बढेको छ । गत कार्तिक २२ गते माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल‘प्रचण्ड’, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का कर्णालीका हुम्ला, जुम्ला, कालीकोट र सुर्खेतमा गरिएका चुनावी सभालाई सम्बोधन गरे । त्यसको हप्ता दिन पुगेका दिन मंगलबार २९ कार्तिकमा पुनः प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष दाहाल र एकीकृत महासचिव बेदुराम भुसाल सुर्खेत र दैलेखमा आयोजना गरिएका चुनावीसभालाई सम्बोधन गर्न आइपुगे ।
कार्र्तिक २७ गते एमाले अध्यक्ष केपी शर्मा ओली कर्णाली प्रदेशका जुम्ला, कालीकोट, दैलेख र सुर्खेतमा आयोजना चुनावी सभालाई सम्बोधन गरे । कर्णालीमा सत्तापक्ष र प्रतिपक्षले चुनावलाई प्रतिष्ठाका बिषयमा बनाएका कारणले उनीहरुले कर्णालीमा दौडधुप बढाएका हुन् ।
दुवैले गरे गालीका बर्षा
कर्णालीमा सत्ता पक्ष तथा प्रतिपक्ष दलहरुले आयोजना गरेको चुनावीसभामा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवा, माओवादीका अध्यक्ष प्रचण्डले र एमाले अध्यक्ष ओलीले चुनावी एजेण्डाभन्दा पनि एकअर्कालाई गालीका वर्षा मात्र गरेका छन् ।
कालीकोटको रास्कोटमा आयोजना गरिएको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तानाशाह बिरुद्ध लड्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालेले कपालमा जेल लगाएर आएको र आफुले १४ वर्ष जेलमा बसेको बताएका थिए ।
प्रचण्डले जनयुद्धका नाममा भारतमा बसेर कपालमा जेल लगाएर सार्वजनिक भएको र आफुले तानाशाह बिरुद्ध लड्दा १४ वर्ष जेलमा बसेर निकै दुःखकष्ट गरेको बताए । ‘नेपालमा गरिबका छोरीछोरीलाई लड्न लगाएर आफु भारतमा बसेर कपालमा जेल लगाए ।’ उनले भने,‘जनयुद्धका नाममा आफन्तलाई सेवा सुबिधा दिइरहेका छन् । घाइते, अपाङ्ग र सहिद परिवारले के पाएका छन् ?’
उनले प्रचण्डले कपालमा जेल लगाएर सार्वजनि भएको विषयमा कटाक्ष गर्दै भने,‘कपालमा जेल लगाएर चिटिक्क परेर आएको हैन् ।’ उनले भने,‘म त तानाशाहको बिरुद्ध लड्न जेलनेल खाएर आएको हुँ ।’

त्यस्तै, प्रधानमन्त्री देउवालाई एमाले अध्यक्षले गाली गरेका छन् ।
एमाले अध्यक्ष ओली जस्तो संसद विघठन गर्दैनौः ओलीको प्रधानमन्त्री देउवा
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीको संसद विघठन नगर्ने बताएका छन् । गुर्भाकोट नगरपालिकामा आयोजना गरेको चुनावीसभामा बोल्दै एमाले अध्यक्ष ओलीका जसरी संसद विघठन गगर्ने बताएका हुन् ।
ओलीको संसद् विघटन र प्रतिगमनकारी कदमविरुद्ध बनेको गठबन्धन भएकाले देश र समृद्धिका लागि गठबन्धन कायम लामो समयसम्म रहने उनले बताए । ‘ओलीजीले दुई पटक संसद विघटन गर्नुभयो । संविधानको अंगभंग गर्ने काम गर्नुभयो ।’ उनले भने ‘हामी संसदको पूर्ण कार्यकाल राख्न चाहन्छौँ । यतिमात्र होइन माननीयहरूलाई संसदको आलोचना गर्न दिन्छौं । आलोचना गर्ने बित्तिकै ओलीको जसरी संसद विघटन गर्दैनौं ।’
संबिधानको रक्षा र गणतन्त्रको संस्थागत विकासका लागि गठबन्धन बनेको प्रधानमन्त्री देउवाले बताए । त्यसका लागि गठबन्धनले जित्न आवश्यक रहेको उनलेका भनाई थियो ।
प्रधानमन्त्री देउवाले यो गठबन्धन १० देखि १५ वर्षसम्म कायम रहने बताए । ‘गठबन्धन केही समयमा लागि बनेको हैन् ।’ उनले भने,‘कुनै शंका नगरेर गठबन्धनलाई जिताउनुहोस ।’
ओलीको अंहकारले बामगठन्धन टुट्योः माओवादी अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीको अंहकारका कारणले कम्युनिष्ट एकता टुटेको बताएका छन् ।
एमाले अध्यक्ष ओलीले बामगठबन्धन मात्रै हैन, पार्टी एकतासम्म भएको उनमा पलाएको अंहकारका कारणले देश बर्बाद बनाएको बताए । ‘पार्टी एकतासहित कम्युनिष्ट सरकार बनाएका थियौं ।’ उनले भने,‘त्यही कम्युनिष्ट सरकारले सदन दुई दुई पटक विघठन गरेर उनले अंहकार देखाएर प्रतिगमन गर्ने खोजे ।’
अहिलेको बामलोकतान्त्रिक गठबन्धन त्यसैको उपज भएको र दीर्घकालसम्म कायम रहने बताए ।
गठबन्धन शान्ति सम्झौताकै निरन्तरता भएको बताए प्रचण्डले बताए । ‘यो गठबन्धन अबको १५÷२० वर्षसम्म कायम रहन्छ ।’ उनले भने,‘देशमा राजनीतिक परिवर्तन अनुकूल आर्थिक सम्बृद्धि नभएसम्म गठबन्धन कायम रहने छ ।’
संविधानको रक्षा र शान्ति प्रक्रियाका बाँकी काम र सम्बृद्धिको लागि गठबन्धनको आवश्यकता रहेको प्रचण्डले बताए । ‘देशमा शान्तिको नयाँ युगको सुरुवात हुने छ ।’ उनले भने,‘हामी अब समृृद्धिको बाटोमा लम्किरहेका छौं । यसको निरन्तरता कायमै नै रहन्छ ।’